आज देखि रुपन्देही सुपरलिगको २२ औँ संस्करण

भैरहवा। २०५४ साल देखि निरन्तर जिल्लास्तरमा आयोजना हुँदै आएको नेपालकै एक मात्र सुपरलिग आज शनिबारदेखि भैरहवामा सुरू हुदैछ ।  रुपन्देही क्रीकेट संघको आयोजनामा भैरहवा स्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगिता चैत्र २ गतेसम्म संघले शुक्रवार लुम्बिनी प्रेस क्लबमा पत्रकार सम्मेलन गरि जानकारी दिएकाे छ।  प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागीता रहेने संघका अध्यक्ष हरि थापाले बताए ।

सुरु मा बि डिभिजनका टीमबीच खेल हुने छ । बि डिभिजनबाट ४ टिम ए डिभिजनमा प्रवेश गर्नेछन् । अन्तिम लिगमा १२ टिमबीच सुपरलिग हुने थापाले बताए । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रपीm तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ, बेस्ट ब्याटर, बेस्ट बलर र उदयमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक दिनका म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने संघका सचिब संजय गुरुङले जनाए ।

यही प्रतियोगितको योग्दानले रुपन्देहीको टिम छनोट हुने गरेको छ । प्रतियोगितामा रुपन्देहीका धकधई र मर्चवार क्षेत्रको टिम सहभागिता नभएपनि अन्य सबै क्षेत्रका खेलाडीहरुको सहभागिता रहेको छ । रुपन्देही क्रिकेट संघबाट नै सयाै खेलाडी दर्ता भएका छन, लगभग सयको हाराहारीमा खेलाडीहरु रुपन्देहीले नेपाललाई दिएको छ । संघले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेर प्रतियोगिता अबधिभर खेलाडी, कार्यसमिति तथा अफिसियलको १ लाख रुपैयाँसम्मको दुर्घटना बिमा गरेको छ । प्रतियोगिताको प्रमुख प्रायोजक नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका रहेको प्रतियोगिता संयोजक धिरज अधिकारी क्षेत्रीले बताए ।

प्रतियोगिताको बिजेता पुरस्कार रकम एक लाख रुपैयाँ एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रकम रु ५० हजार रुपैयाँ रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले प्रायोजन गरेका छन् । नेपालका जिल्लास्तरमा ५० ओभरको सुपरलिग रुपन्देहीमा मात्रै आयोजना हुन्छ । संघले विभिन्न संघसंस्थासँग सहकार्य गरी लामो समयदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा ए डिभिजनतर्फ सहभागी टिममा वेस्टर्न क्रिकेट क्लब बुटवल, न्यु होराइजन क्रिकेट क्लब बुटवल, लुम्बिनी खुकुरी क्रिकेट क्लब, तिलोत्तमा क्रिकेट क्लब, मणिग्राम, एक्स्पर्ट जीआर बेलबास, तिरुपति क्रिकेट क्लब, भैरहवा, मेलबर्न क्रिकेट क्लब भैरहवा, बुद्ध क्रिकेट क्लब भैरहवा रहेका छन् ।

बी डिभिजनबाट नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयाँमिल, शंकरनगर क्रिकेट क्लब, शंकरनगर, गोलपार्क क्रिकेट क्लब, बुटवल, बुटवल युथ क्रिकेट क्लब बुटवल, साई ग्लोबल एकेडेमी, भैरहवा, लुम्बिनी शाक्यान क्रिकेट क्लब लुम्बिनी, प्रोफेसनल मास्टर्स ११, भैरहवा, स्टार क्रिकेट क्लब पड्सरी, सैनामैना क्रिकेट क्लब, सेनामैना, बुटवल ११, बुटवल राइनोज, बुटवल, देवदह क्रिकेट युनिट देवदह छन् । प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!