भैरहवा,७ साउन
छोराको जन्मदिनको अवसरमा बुवाले गरे रक्तदान । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल भैरहवा सिद्धार्थनगर नगरपालिका–६ ,मा बसोबास गर्दै आएका केशवकुमार उपाध्यायले मंगलबार रक्तदान गरेका हुन्।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सदस्यसमेत रहेका उपाध्यायले आफ्ना छोरा सार्थक उपाध्यायको सातौँ जन्मदिनको अवसरमा रक्तदान गरेको जानकारी दिए।
भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस) अन्तर्गतको रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) मा पुगेर रक्तदान गरेका थिए।

सार्थकको जन्म २०७६ साल साउन ६ गते भएको हो। “सार्थकले आज सफलतापूर्वक सात वर्ष पूरा गरेको विशेष अवसरलाई केवल उत्सवमा सीमित नराखी मानव सेवासँग जोड्ने उद्देश्यले रक्तदान गरेको हुँ हाम्रो सानो प्रयासले कसैको अमूल्य जीवन बच्न सक्छ” उपाध्यायले बताए ।
