रुद्रदेवी कला केन्द्रको आयोजनामा ‘क्रिएटिभ अवार्ड २०८३’ सम्पन्न

भैरहवा, वैशाख २०

महेश गुप्ता 

रुद्रदेवी कला केन्द्र भैरहवाको आयोजनामा डिजिटल प्लेटफर्ममा सक्रिय सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित ‘क्रिएटिभ अवार्ड २०८३’ शनिबार भैरहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा करिब एक सयभन्दा बढी क्रिएटिभ प्रतिभाहरूलाई विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको छ ।

रुद्रदेवी कला केन्द्रका प्रबन्ध निर्देशक सुनिल कुमार गुप्ताका अनुसार कार्यक्रमको मुख्य उद्देश्य युवाहरूलाई डिजिटल क्रिएटिभ क्षेत्रमा आकर्षित गर्दै रोजगारीका अवसर तर्फ उन्मुख गराउनु हो र डिजिटल माध्यमबाट आम्दानी गर्ने सम्भावना बढ्दै गएको उल्लेख गर्नुभयो उहाँले यस क्षेत्रमा करिब एक हजार युवालाई रोजगारी दिने लक्ष्य रहेको जानकारी दिनुभयो त्यस्तै युट्युब, टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत आम्दानी गर्न चाहने युवाहरूका लागि छिट्टै प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने तयारी रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा नृत्य, गायन, अभिनय, विभिन्न आवाज निकाल्ने कला लगायत सामाजिक सञ्जाल मार्फत आफ्नो सिर्जनात्मकता प्रस्तुत गर्दै आएका प्रतिभाहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!