लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन वैशाख १७ गतेदेखि आह्वान

दाङ, १५ वैशाख

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आगामी वैशाख १७ गतेदेखि सुरु हुने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार नेपालको संविधानको धारा १६६ को उपधारा (१) र धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीमगरबाट अधिवेशन आह्वान गरिएको हो ।

सूचना अनुसार अधिवेशन वैशाख १७ गते बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको छ । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (१) बमोजिम प्रदेश सभा सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!