लियो सिद्धार्थनगर युथको अध्यक्ष बने अभिषेक ठाकुर

भैरहवा, १३ वैशाख

लियो क्लब अफ सिद्धार्थनगर युथको नवौं वार्षिक साधारण सभा तथा निर्वाचन सम्पन्न भएको छ।आइतबार भैरहवामा सम्पन्न क्लबकोसाधारण सभाले अभिषेक ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसअघि ठाकुरले क्लबमा प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा तामेश्वर मल्लाह, द्वितीय उपाध्यक्षमा अभिनाश मल्लिक, तृतीय उपाध्यक्षमा अमन शाह, सचिवमा विमल खनाल र कोषाध्यक्षमा रंजित राई चयन हुनुभएको निर्वाचन अधिकृत तथा क्लबका निवर्तमान अध्यक्ष सौरभ लाभले बताउनुभयो ।

वर्ष २०२५/०२६ को अध्यक्षको जिम्मेवारी पाउनुभएका अभिषेक ठाकुरले लियो क्लबको मर्म अनुसार सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु अगाडि बढाउने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!