सिद्धार्थनगरमा जथाभावी फोहोर फाल्नेमाथि निगरानी, फोटो-भिडियो पठाए पुरस्कृत गरिने

भैरहवा, १२ वैशाख

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक, सार्वजनिक स्थान र गल्लीमा जथाभावी फोहोर फाल्ने व्यक्तिहरूमाथि सूक्ष्म अनुगमन बढाएको छ ।

नगरबासीबाट समेत सहयोग माग्दै फोहोर फालेको देखिएमा फोटो वा भिडियो खिचेर नगरपालिकालाई उपलब्ध गराउन अनुरोध गरिएको छ ।

नगरपालिकाले फोटो-भिडियो उपलब्ध गराउने व्यक्तिलाई उचित पुरस्कारको व्यवस्था गरेको छ । जानकारी गराउने व्यक्तिको नाम, ठेगाना र विवरण पूर्ण गोप्य राखिने नगरपालिकाले जनाएको छ ।

फोहोरमैलाको दीगो व्यवस्थापनको लागि नगरपालिका निरन्तर लागिरहेको र व्यवस्थापनको टुंगो नलागेसम्म तत्काललाई आ-आफ्नो स्थानबाट सहयोग गर्न नगरप्रमुख इश्तियाक अहमद खाँले नगरबासीलाई आग्रह समेत गर्नुभएको छ ।

नगरपालिकाको प्रशासन महाशाखाका प्रमुख देव प्रसाद ज्ञवालीका अनुसार बढी फोहोर फालिने स्थानहरू पहिचान गरी बिहान–साँझ नगर प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!