पोलका तार हटाउन सिद्धार्थनगरको ७ दिन अल्टिमेटम

भैरहवा । सिद्धार्थनगर नगर क्षेत्र भित्र विधुतीय तारहरु व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाले सम्बन्धित कार्यालयहरुलाई सात दिन अल्टिमेटम दिएको छ ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरीकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुन्ड्याइएका उपकरणहरूका कारण शहर कुरुप भएको भन्दै तार हटाउने पहल थालेको हो । नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणको पोलमा टांगिएका तारहरुलाई व्यवस्थित गर्न नगरपालिकाको कार्यालयले सम्बन्धित कार्यालयहरुलाई पत्रचार गरेर सात दिन अल्टिमेटम दिएको छ । पोलमा यत्रतत्र टांगिएका इन्टरनेट, विद्युत र टेलिकमका तारले नगरको सौन्दर्यकरणमा प्रभाव परेको साथै बजार क्षेत्र समेत कुरुप देखिएकोले पोलमा टांगिएका तारहरुको व्यवस्थित गर्न सम्बन्धित कार्यालयहरुहरुलाई पत्रचार गरेर अनुरोध गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए ।

पोलमा सम्बन्धित कार्यालयले वर्षौ देखि यत्रतत्र तार टाँग्दै आएको तर व्यवस्थित गर्न तर्फ चासो नदेखाउँदा शहर नै कुरुप देखिएको छ । उक्त तारहरु चराले गुँड समेत बनाउने गरेका छन् । ‘‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली’ सिटी बनाउने हाम्रो अभियान नै हो’, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले भने, ‘सोही अभियान अन्र्तगत नै पोलमा यत्रतत्र टांगिएका तारहरु पनि व्यवस्थित गर्न लागिएको हो ।’

उनले पोलमा यत्रतत्र टांगिएका तारहरु व्यवस्थित गर्न पटक पटक सम्बन्धित कार्यालयलाई मौखिक रुपमा आग्रह गर्दा पनि व्यवस्थित नभएपछि कार्यालयबाट पत्रचार गरेर ७ दिन भित्रमा व्यवस्थित गर्न आग्रह गरिएको बताए । ‘उक्त समयावधीमा पनि सम्बन्धित कार्यालयबाट अव्यवस्थित तारहरुलाई व्यवस्थित नगरिएमा नगरपालिकाको कार्यालय आफै व्यवस्थित गर्न तर्फ लाग्छ’, सिद्धार्थनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘त्यस क्रममा सम्बन्धित सेवाग्राहीहरुलाई असुविधा परेमा सम्बन्धित कार्यालय नै जिम्मेवार रहने छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!