फुटपाथ खाली गर्न तिलोत्तमा व्यापार संघको आग्रह

भैरहवा, ६ वैशाख ।

रुपन्देहीको तिलोत्तमा नगर क्षेत्रमा फुटपाथ अतिक्रमण बढ्दै जाँदा पैदलयात्रु प्रभावित बनेपछि सरोकारवालाले त्यसको नियन्त्रणमा सक्रियता देखाएका छन् ।

तिलोत्तमा नगरपालिकाको वैशाख ३ गतेको सूचनालाई आधार मानेर तिलोत्तमा व्यापार संघ (चेम्बर अफ कमर्स) ले फुटपाथमा राखिएका अवैध संरचना, निर्माण सामग्री, ठेलागाडा तथा पसलका सामान हटाउन आग्रह गरेको हो ।

संघको वैशाख ६ गते बसेको बैठकले सडक सीमाभित्र राखिएका यस्ता सामग्रीका कारण पैदल यात्रुलाई आवतजावतमा समस्या हुनुका साथै शहरी सौन्दर्यमा समेत नकारात्मक असर परेको निष्कर्ष निकालेको छ ।

संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेद्वारा जारी सूचनामा नगरलाई स्वच्छ, सफा, व्यवस्थित र सुन्दर बनाउने अभियानमा सबै व्यवसायी र घरधनीको साथ आवश्यक रहेको उल्लेख गरिएको छ ।

सूचनामा तोकिएको मितिदेखि ७ दिनभित्र सडक सीमा मिचेर राखिएका सबै सामग्री तथा संरचना सम्बन्धित व्यक्तिले स्वयं हटाउन अनुरोध गरिएको छ । अन्यथा नगरपालिकाको नियमअनुसार कारबाही प्रक्रिया अघि बढ्ने संकेत गरिएको छ ।

व्यापार संघले नगर क्षेत्रलाई व्यवस्थित बनाउन सबै पक्षलाई सहयोगका लागि अपील समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!