इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी

परासी, ६ वैशाख

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सञ्चालित इन्दिरा सुगर मिल्स एण्ड इण्डष्ट्रिजले किसानहरूको करोडौं रुपैयाँ वक्यौता भुक्तानी नगरेको भन्दै कारवाहीका लागि गृह मन्त्रालयमा उजुरी परेको छ ।

स्थानीय युवा समाजसेवी एवं अभियन्ता विजय कंडेलले गृहमन्त्रीलाई पत्र लेख्दै उद्योगका सञ्चालक राकेश कुमार अग्रवालले किसानको पसिनाको मूल्य नतिरी सम्पर्कबिहीन भएको भन्दै तत्काल कारवाहीको माग गर्नुभएको हो ।

निवेदनका अनुसार इन्दिरा सुगर मिलले उखु किसानहरूलाई झण्डै ७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

पटकपटक ताकेता गर्दा पनि उद्योगले रकम नतिरेको र हाल सञ्चालक अग्रवाल सम्पर्कमा नरहेकाले किसानहरू निकै मर्कामा परेका छन् ।

निवेदक कंडेलले गृह मन्त्रालयमा दर्ता गराएको पत्रमा मुख्य रूपमा दुई विषय उठान गरिएको छ । सम्पर्कबिहीन रहेका उद्योग सञ्चालक अग्रवाललाई सरकारले तत्काल उपस्थित गराई किसानहरूको वक्यौता रकम भुक्तानी गराउनुपर्ने र निजी क्षेत्रबाट उद्योग चल्न नसकेको र किसानले सधै दुःख पाएको अवस्थामा उक्त मिललाई सरकारको मातहतमा ल्याई सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने माग छ ।

लामो समयदेखि भुक्तानी नपाउँदा सुस्ता र प्रतापपुर क्षेत्रका सयौं किसानहरूको घरखर्च र बैंकको ब्याज तिर्न समेत समस्या भएको छ । ‘किसानको रकम नतिरी उद्योगी भाग्नु अपराध हो, यसमा सरकारले कडा कदम चाल्नुपर्छ, ‘कँडेलले पत्रमा उल्लेख गर्नुभएको छ–गृह मन्त्रालयले यस विषयमा आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!