मालपोत कार्यालय भैरहवाका एक कर्मचारीलाई दुई लाख रुपैयाँ घुससहित नियन्त्रणमा

स्टार खबर नेपाल संवाददाता

भैरहवा,४ वैशाख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको भैरहवास्थित मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ । अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय, भैरहवामा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई घुस रकमसहित पक्राउ गरेको हो । सेवाग्राहीको जग्गा सम्बन्धी काममा ‘सर्जमिन मुचुल्का’ का लागि सहजीकरण गरिदिने भन्दै उनले घुस माग गरेका थिए ।

विशेष सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई भैरहवा बजारबाटै रंगेहात पक्राउ गरेको स्रोतले जनाएको छ ।अख्तियार स्रोतका अनुसार, पक्राउ परेका मगरको साथबाट घुस बापतको २ लाख रुपैयाँ बरामद गरिएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ । हालैका दिनमा सरकारी कार्यालयहरूमा घुसखोरी बढेको गुनासो आएपछि अख्तियारले आफ्नो सक्रियता बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!