नापी कार्यालय रुपन्देहीबाट दुई बिचौलिया पक्राउ

स्टार खबर संवाददाता

नापी कार्यालय भैरहवाको परिसरबाट प्रहरीले सेवाग्राहीसँग रकम असुल्ने दुई जना बिचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीको काम छिटो गराइदिने बहानामा अतिरिक्त शुल्क लिइरहेको अवस्थामा उनीहरूलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका-३ का ३२ वर्षीय शिव नारायण कुर्मी र रोहिणी गाउँपालिका-३ का ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका छन् । उनीहरूले नापी कार्यालयमा आउने सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाई गैरकानुनी रूपमा रकम असुल गर्ने गरेको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी( प्रवक्ता )प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेका दुवै जनामाथि बिचौलिया गतिविधिमा संलग्न भएको आरोपमा थप अनुसन्धान भइरहेको छ । सरकारी कार्यालयहरूमा बिचौलियाको हस्तक्षेप बढ्दै गएपछि प्रहरीले पछिल्लो समय सक्रियता बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!