प्रवक्ता यादवले गुलरियाका मेयरलाई भने–‘सिद्धार्थनगरको भ्रमणमा आउनुस्’

भैरहवा, ८ चैत । बर्दियाको गुलरिया नगरपालिकाका प्रमुख (मेयर) मुक्तिनाथ यादव र रुपन्देहीका सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला)बीच भेटघाट भएको छ ।

नगरप्रमुख मुक्तिनाथको गुलरियास्थित निवासमा भएको भेटघाटमा दुवै पालिकाबीच सहकार्य गर्दै पर्यटनसहित विभिन्न क्षेत्रको विकासका लागि अघि बढ्नेबारे छलफल भएको हो ।

छलफलमा बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनीको मुख्य प्रवेशद्वार सिद्धार्थनगर (भैरहवा)आउने पर्यटकलाई बर्दिया र बर्दिया आएका पर्यटकलाई लुम्बिनी लैजानका लागि दुवै पालिकाले आफ्नोतर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाबारे कुराकानी भएको थियो ।

छलफलपछि नगर प्रवक्ता यादवले पर्यटन नै मुलुकको समृद्धिको मुख्य आधार भएको बताउनुभयो । बुद्ध जन्मस्थल लुम्बिनी आएका पर्यटकलाई बर्दियास्थित बर्दिया राष्ट्रिय निकुञ्ज र बर्दिया आएका पर्यटकलाई लुम्बिनी ल्याउनका लागि गुलरिया र सिद्धार्थनगर नगरपालिकाले पहलकदमी लिन आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो–‘पर्यटनका विकाससहित विकासमा मुद्दामा समन्वय गर्दै अघि बढ्नेबारे छलफल भएको छ । लुम्बिनी प्रदेशभित्र रहेका यी दुवै पालिकाबीच हातेमालो गर्दै अघि बढ्न प्रतिबद्ध छौं ।’

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को वडाअध्यक्ष समेत रहनुभएका प्रवक्ता यादवले सिद्धार्थनगर नगरपालिकाको भ्रमण गर्न गुलरियाका मेयरलाई निमन्त्रणा समेत दिनुभयो । मेयर यादवले निम्तो स्वीकार गर्दै आफू सिद्धार्थनगर नगरपालिकामा आउने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!