रुपन्देही ३ मा रास्वपाका डा.लेखजंग थापा अत्याधिक मतले विजयी

 

भैरहवा, २३ फागुन / रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.लेखजंग थापा अत्याधिक मत ल्याएर बिजयी भएका छन् ।

डा.थापा ५८ हजार ८ सय १४ मत ल्याएर बिजयी भएको रुपन्देहीका मुख्य निर्बाचन अधिकृत अशोककुमार बस्नेतले बताए । डा.थापाले अन्य दलका प्रतिष्पर्धीलाई धेरै मतले पछाडी पार्दै बिजयी भएका हुन् ।

मुख्य निर्बाचन अधिकृत बस्नेतका अनुसार डा.थापाका निकटतम प्रतिपर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५, नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार क्याप्टेन गौरब बोहराले ७ हजार ७ सय ८९ मत प्राप्त गरेका छन् ।

निर्वाचित भएपछि डा.थापाले आम नागरिकको भावनालाई कदर गरेर अघि बढ्ने जनाए । ‘जुन विश्वास पाएका छौं, त्यसलाई काम राख्ने मेरो र पार्टीको प्रयास रहन्छ’, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!