नेपाल राष्ट्रिय वैश्य महासंघद्वारा होली मिलन कार्यक्रमका लागि समिति गठन,तयारी तिब्र

नेपाल राष्ट्रिय वैश्य महासंघद्वारा होली मिलन कार्यक्रमका लागि समिति गठन,तयारी तिब्र

स्टार खबर नेपाल संवाददाता

भैरहवा — नेपाल राष्ट्रिय वैश्य महासंघ रुपन्देही जिल्ला कार्यसमितिको तेस्रो बैठक महासंघका जिल्ला अध्यक्ष अमित कुमार गुप्ताको अध्यक्षतामा भैरहवामा सम्पन्न भएको छ।

बैठकले आगामी २०८२ फागुन १६ गते शनिबार पटवा बैंक्वेटमा रुपन्देही जिल्लाभरका सम्पूर्ण वैश्य समुदायको सहभागितामा होली मिलन कार्यक्रम भव्य रूपमा आयोजना गर्ने निर्णय गरेको छ।

कार्यक्रमलाई व्यवस्थित, भव्य तथा आकर्षक बनाउन उपाध्यक्ष अशोक कुमार शाहको संयोजकत्वमा कार्यक्रम तयारी समिति गठन गरिएको बैठकले जनाएको छ। कार्यक्रमको आवश्यक तयारीलाई तीव्रता दिने विषयमा बैठकमा विस्तृत छलफल समेत गरिएको थियो।

नेपाल राष्ट्रीय वैश्य महासंघको मुख्य उद्देश्य समुदायभित्र एकता, सद्भाव र सहकार्यलाई सुदृढ बनाउनुका साथै व्यापार, शिक्षा, सामाजिक उत्थान तथा सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याउनु रहेको छ। साथै समाजका सदस्यहरूको हक–हित संरक्षण, युवा पुस्तालाई सही मार्गदर्शन तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समुदायको समग्र विकासमा टेवा पुर्‍याउने लक्ष्य रहेको महासंघका अध्यक्ष अमित कुमार गुप्ताले बताएका छन ।

बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी,सदस्य तथा सल्लाहकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!