मधेशी जनताको अधिकारको लडाई हुँदा बालेन शाह कहाँ हुनुहुन्थ्यो ? : पुर्व उप-प्रधानमन्त्री

भैरहवा, ११ फागुन / जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारको लडाई हुँदा बालेन्द्र शाह (बालेन) कहाँ हुनुहुन्यो भन्दै प्रश्न गर्नुभएको छ । उहाँले मधेशको मुद्दामा बालेनको कुनै धारणा नरहेको बताउनुभयो ।

जसपा नेपाल रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो । ‘राष्ट्रिय राजनीतिमा पनि बालेनको कुनै धारणा सुनिदैन । वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन, ’उहाँले भन्नुभयो ।

मधेशको मुद्दा बोक्ने, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग, महिला र राष्ट्रिय समस्यालाई बोक्ने पार्टी जसपा नेपाल नै उहाँले दावी गर्नुभयो । ‘मधेशका जनताले तीनलाई राम्रोसँग बुझेका छन् । त्यसैले घण्टी हल्लाउँदैमा हल्लिनेवाला छैन । अलिकति सोसल मिडियाहरुमा अलि बढी घण्टी बज्या जस्तो छ । तर, यथार्थ ग्राउण्ड रियालिटी त्यस्तो देखिदैन, ’अध्यक्ष यादवले भन्नुभयो ।

मधेशको समस्या, आदिवासी जनजाति, दलित, अल्पसंख्यको मुस्लिम, दलित, थारु, पिछडा वर्गको समस्या आज राष्ट्रिय समस्याहरु भएको उहाँले बताउनुभयो । यसलाई समाधान गरे मात्र राष्ट्रिय एकता र विकासको गति अगाडि बढ्छ भन्ने आफूहरुको मान्यता रहेको उहाँले बताउनुभयो ।

पूर्वउपप्रधानमनी समेत रहनुभएका अध्यक्ष यादवले विगत ३५ वर्ष काँग्रेस–कम्युनिष्टको नेतृत्वमा बनेका सरकारले सरकारले कृषि, शिक्षा, स्वास्थ्य, उद्योग लगायतमा कुनै सुधार गर्न नसकेको बताउनुभयो । उहाँले यी पार्टीले अर्काको पार्टी फुटाउने काम गरेको आरोप लगाउनुभयो । उहाँले संविधान त्रुटीपूर्ण भएको समयक्रमसँगै प्रमाणित भएकोले संविधान संशोधन अपरिहार्य रहेको बताउनुभयो ।

त्यस्तै पार्टीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले मधेश आन्दोलनको बेला राज्यले निर्दोश नागरिकको हत्या गर्दा आफूहरु संयमित भएर आन्दोलन अगाडि बढाएको बताउनुभयो । ‘राज्यको अर्थतन्त्रलाई बचाएनौं भने भोली त्यसको भोगाइमा हामी पनि पर्छौं भन्ने कुरामा जहिले पनि सर्तक छौं, ’उहाँले भन्नुभयो ।

रुपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत कोटहीमाई गाउँपालिका–७ स्थित परसहवामा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्न जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव रुपन्देही आउनुभएको युवा नेता रवि कुमार रौनियारले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!