‘खाद्य सुरक्षाको लागि तीनै तहको सरकारको साथ हुनुपर्छ’

भैरहवा । अत्यावश्यक खाद्यवस्तुकोे सुरक्षाका लागि तीनै तहको सरकारको सहकार्य हुन जरुरी रहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौंले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका पालिकासँग स्थानीयस्तरमा विक्री तथा खरिद कक्ष सञ्चालन सम्वन्धि योजनाको विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पालिकाका प्रतिनिधीहरुले किसानले उत्पादन गरेका कृषि र पशुवस्तुको उचित मुल्य नपाएकोले सहज बजारीकरण, उचित मूल्यको सुनिश्चितता गरि स्थानीयस्तरमा खरिद तथा विक्री कक्ष स्थापना गरेर सञ्चालनमा ल्याउनुपर्ने बताए ।

सरकारको खाद्य नीति कार्यान्वयन गर्ने आधिकारिक निकायको रुपमा रहेको कम्पनीले देशभर खाद्यान्न आपूर्ति व्यवस्था मिलाउँदै आउनु रराम्रो कामको सुरुवात हो तर धेरै अवगत नभएकोले आम नागरिकले भरोसा गर्ने व्यावसायिक संस्थाका रुपमा खाद्य व्यवस्था कम्पनीलाई अघि बढाउनु पर्ने पालिका प्रतिनिधीहरुको भनाई छ । निजी क्षेत्रको उपस्थिति नभएको वा बजार मूल्य हस्तक्षेप गर्नुपर्ने अवस्थामा खाद्य कम्पनी आम नागरिक समक्ष पुग्नुपर्ने उनीहरुले भने ।
उनीहरुले बजार र मूल्य सुनिश्चित नहँुदा किसानले मर्कामा पर्ने भएकोले यस्को समाधानका लागि कम्पनिले तल्लो तहसम्म पुगेर किसानका सिजनल उत्पादनहरु समयमै खरीद गर्ने, सेवा विविधीकरण, आमजनताको भरपर्दो र पहुँचयोग्य कम्पनिको रुपमा विकास हुने बताए । आमजनताको खाद्य सम्प्रभूतासम्बन्धी संवैधानिक हकको कार्यान्वयन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अग्रणी भूमिका खेल्नुपर्छ ।

नेपाल सरकारले नेशनल ट्रेडिङ लिमिटेड र नेपाल खाद्य संस्थानलाई गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गठन गरेको हो । कम्पनिले खाद्य संकटग्रस्त क्षेत्र तथा विपन्न जनताको खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्दै प्रतिस्पर्धात्मक वातावरणमा गुणस्तरीय खाद्यान्नलगायतका अत्याबश्यकीय उपभोग्य वस्तु तथा सेवाको सहज र सुलभ आपूर्तिमा बजार निर्माताको भूमिका खेली व्यवसायिक रुपमासक्षम व्यवसायिक संस्थाको रुपमा स्थापित छ ।खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्नेका लागि किसानको उत्पादन र स्वदेशी उद्योगले प्रोत्साहन पाउने तथा उपभोक्ताले प्रतिस्पर्धी मुल्य एवं गुणस्तरका अत्याबश्यक वस्तु सहज र सुलभ रुपमा प्राप्त गर्न सक्ने गरी बजार निर्माताको भूमिका खेल्ने, उपलब्ध श्रोत साधनको अधिकतम उपयोग तथा व्यवसायिक क्रियाक्लाप विस्तार र विविधिकरण गर्दै दिगो आय आर्जन गर्ने, अत्याबश्यक वस्तु तथा सेवाको माग र आपूर्तिका तथ्याङ्कीय आधार तयार गरी नीति निर्माण गर्न आवश्यक सहयोग पुर्याउने र कम्पनीलाई व्यवसाय–उन्मुख एवं उत्तरदायी बनाउने उद्धेश्य छ ।

खाद्य तथा व्यापार कम्पनीले अत्यावश्यक खाद्यवस्तुको मुल्य स्थिरीकरण गर्न, दुर्गम क्षेत्रमा खाद्यन्न आपूर्ति गर्न, प्राकृतिक प्रकोप तथा आपतकालिन अवस्थामा खाद्यान्न व्यवस्थापन गर्न, सघन सहरी क्षेत्रमा आपूर्ति व्यवस्थापन गर्न, खाद्य सम्प्रभूता र भोकविरुद्ध अधिकारको सुनिश्चितता गर्न, उत्पादनको विविधिकरण गर्न, निर्यात अभिवृद्धि गर्न स्थानीयस्तरमा समेत खरिद तथा विक्रि कक्षको स्थापना गर्न थालेको हो ।

संघीय, प्रादेशिक एवं स्थानीय तहमा खाद्यान्न संचय गर्न कोदाम घर निर्माण गरिने, कृषक समूह वा सहकारीमार्फत उत्पादित कृषि तथा पशुपंक्षीजन्य उत्पादनको खरिद सुनिश्चित गरी एकीकृत प्रशोधन उद्योगको स्थापना तथा सञ्चालन गर्ने लक्ष्य राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए ।

लुम्बिनी प्रदेशका कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कम्पनिका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले कम्पनिको कार्य, अवस्था र योजनाको बारेमा प्रस्तुती गरेका थिए । कार्यक्रममा तीनैवटै जिल्लाका अधिकांस पालिका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत र प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कम्पनिले देशमा उत्पन्न हुनसक्ने खाद्य संकटको बेला प्रयोग गर्ने गरी रणनीतिक स्थानहरुमा सुरक्षित भण्डारणको व्यवस्था तथा प्रभावकारी मौज्दात व्यवस्थापनसहित राष्ट्रिय खाद्य सुरक्षा र सार्क खाद्य सुरक्षाको लागि तोकिएको परिमाणमा अत्याबश्यक खाद्य वस्तुको मौज्दात राख्ने, देशका खाद्य संकटग्रत क्षेत्र र विपन्न जनताको खाद्य सुरक्षाका लागि बितरण प्रणालीलाई सुदृढ गर्दै आबश्यक खाद्य वस्तु सम्बन्धित स्थान÷क्षेत्रमा समयमैं ढुवानी गरी बिक्रीवितरण वा आपूर्ति गर्ने÷गराउने, किसानको उत्पादन र स्वदेशी उद्योगले प्रोत्साहन पाउने तथा उपभोक्ताले प्रतिस्पर्धी मूल्य एवं गुणस्तरका अत्याबश्यक वस्तु सहज र सुलभ रुपमा प्राप्त गर्नसक्ने गरी बजार निर्माताको भूमिका खेल्ने उद्देश्य अन्तर्गतः खाद्य सुरक्षाकालागि सुरक्षा भण्डारणमा राख्नुपर्ने, मूल्य स्थिरीकरणका लागि प्रयोग गर्नुपर्ने र व्यवसायिक प्रयोजनका लागि आबश्यक पर्ने खाद्य तथा अन्य वस्तुहरु खरिद तथा प्राप्त गर्ने , आधुनिक गोदामको व्यवस्था गरी त्यसमा किसानका उत्पादनहरुले अपेक्षित मूल्य नपाउँदासम्म भाडामा राखिदिने र त्यस्ता गोदाममा राखिएका वस्तु किसानले बिक्री गर्न नसके कम्पनीले खरिद गरिदिने व्यवस्था गर्ने लगायतको छ ।

कम्पनीसँग उपलब्ध खाद्यलगायतका अन्य वस्तुहरु कुटानी÷उत्पादन वा प्रशोधन÷प्याकेजिङ गरी सुरक्षित भण्डारण गर्ने, गुणस्तर कायम राख्ने, कम्पनीका खाद्य तथा अन्य वस्तु उपभोक्तालाई प्रतिस्पर्धी वा सूपथ मूल्यमा बिक्री, बितरण वा आपूर्ति गर्ने व्यवस्था मिलाउने, भौगोलिक तथा जलवायु विविधताअनुरुप उत्पादन हुने तुलनात्मक लाभका वस्तुहरु पहिचान गरी सोको बजारीकरण गरी विक्री वितरण गर्ने, देशमा अत्यावश्यक वस्तुको आपुर्ति व्यवस्थालाई सहज र सन्तुलित बनाई राख्ने कार्यमा वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आपूर्ति व्यवस्थासँग सम्बन्धित नेपाल आयल निगम, साल्ट ट्ेडिड कम्पनी, दुग्ध विकास संस्थानजस्ता सरकारी निकायहरुसँग समन्बय र सहकार्य गर्ने लगायतको राण्निति कम्पनिको रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!