नेपाल लेन्स इन्टर लायन्स फुट्सलको उपाधी लायन्स भैरहवा वेष्टलाई

भैरहवा । लायन्स क्लब अफ भैरहवा वेष्ट द्वारा आयोजित नेपाल लेन्स इन्टर लायन्स फुट्सल प्रतियोगिताको उपाधि लायन्स भैरहवा बेष्टले जितेको छ ।

लायन्स क्लब अफ भैरहवा वेष्टको आयोजना भैरहवा फुटसल मैदानमा भएको फाइनल खेलमा लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्धलाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक टोली लायन्स क्लब अफ भैरहवा वेष्ट बिजेता बनेको हो । स्थानीय आठ लायन्स क्लबको सहभागीता रहेको प्रतियोगिता लिग चरण बाट लायन्स क्लब अफ भैरहवा वेष्ट, लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी, लायन्स क्लब अफ सिद्धार्थनगर युथ र लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्ध सेमीफाइनलमा पुगेका थिए ।

उद्घाटन खेल लायन्स क्लब अफ सिद्धार्थनगर र लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्ध बिच सम्पन्न भएको थियो जसमा लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्धले जित दर्ता गर्न सफल भएको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्धका लायन बिसन गुरुङले प्रतियोगिता को ’ प्लेयर अफ द टुर्नामेन्ट’ र प्रतियोगितामा कुल ९ गोल गर्दै लायन्स क्लब अफ भैरहवा वेष्ट का लायन समिर पौडेलले ’ सर्वाधिक गोलकर्ता’ को उपाधी जित्न सफल भए । त्यसै गरी उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकको उपाधी लायन्स क्लब अफ भैरहवा वेष्ट का लायन रोशन शर्मा र लायन मोहन बहादुर थापाले हात पारे ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथी लायन्स डिस्ट्रिक्ट ३२५पी का डिस्ट्रिक्ट गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङगले लायन्स क्लबले सामाजिक सेवाका साथ साथै मनोरन्जन, खेलकुद लगायत अन्य कार्यक्रममा पनि सकृय रहनु पर्ने बताए । प्रतियोगिताको संयोजक लायन राजु के सी लाई सम्मान गरिएको थियो । आयोजक क्लबका सचिब लायन सुमन अधिकारिको सन्चालनमा भएको कार्यक्रममा बिसिष्ट अतिथी लायन्स डिस्ट्रिक्ट प्रथम भाईस डिस्ट्रिक्ट गभर्नर लायन बलराम भट्टराइ, पास्ट डिस्ट्रिक्ट गभर्नर लायन नवराज न्यौपाने लगायतले स्वास्थ्यका लागि खेल अपरिहार्य रहेको यस्तो प्रकारका खेलहरु निरन्तर आयोजनाले एक अर्काको सम्बन्ध पनि प्रगाढ हुने बताए ।

प्रतियोगिताको समापन सत्रमा प्रमुख अतिथी पास्ट डिस्ट्रिक्ट गभर्नर लायन नवराज न्यौपाने, जोन चेयरपर्सन लायन अरुण पन्थी र मुख्य प्रायोजक नेपाल लेन्सका तर्फ बाट रितेश गौतमले खेलाडीहरुलाई पुरस्कार र प्रमाण पत्र बितरण गरेका थिए । क्लबका चार्टर अध्यक्ष लायन संजय सिंह केसीले खेलकुदको भावना सहित सम्पूर्ण सहभागी क्लबहरुको सहभागिताको लागि प्रतियोगिताको आयोजना गरेको र निरन्तरता रहने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!