दोश्रो ९ नं. वडा कपको उपाधि गोलिगढलाइ

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ वडा कार्यालयको आयोजनामाभएको वडा कपगोलिगढ युवाक्लबले जितेको छ । आईतबार गोनहियामा रहेको मैदानमा सम्पन्नफाईनलप्रतियोगितामागोलिगढले रोयल मिश्रौलियालाई हराउदै उक्तउपाधीजितेको छ । सेमीफाईनल खेलमागोलगढले उदयपुर र मिश्रौलियाले गोलिगढ बी टिमलाई हराउदै फाईनलमापुगेका थिए ।

पहिला व्याटिङ गरेको गोलिगढले निर्धारित १२ ओभरमा ५ विकेट गुमाउदै १३४ रनको बिशाल स्कोर बनाएको थियो । उसकालागि सुनिल सहानीले ७ छक्का र ४ चौकाको मद्दतमा अविजित ६९ रन बनाए । यो रन नै गोलिगढको जितमा महत्वपूर्ण रह्यो । यस्तै गोलिगढका ब्याट्स म्यानशिवधवल र जर्सी नम्बर १५ का सुनिल सहानीले समान १४-१४ रज बनाउदामुमताजखाँनले १३ रनको योगदान गरे ।

बलिङ तर्फ मिश्रौलियाका बलरहरुले केहीखास गनै सकेनन् । मिश्रोलियकालागिलवकुशकुर्मीले २ विकेट र अरुण कुर्मी, अमितकुर्मि र विजयकुर्मीले समान १-१ विकेट लिए ।

१३५ रनको विशाललक्ष्य पछ्याएको मिश्रौलियाको टोली सुरु देखि नै दबाबमा खेलेको थियो । गोलिगढको घातक बलिङको अगाडी मिश्रोलियकाकुनै पनि खेलाडी राम्ररी खेल्न सकेनन् । मिश्रौलियाकालागिविजयकुर्मी १३ रन र शिवशंकर कुर्मीको १२ रन बाहेक अन्यकुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नतिजा ११ ओभरमै मिश्रौलियाले आफ्नो सबै विकेट गुमाउदै ६२ रन मात्रबनाउन सक्यो र पराजितभयो ।

मिश्रौलियालाई सस्तोमै समेटन सुनिल सहानीले ५ विकेट लिए । यस्तै हसनखाँन, आशीष, आरीफ र रोशनले समान १÷१ विकेट बाडे ।

फाईनल खेलको म्यानअफ द म्याच सहितउत्कृष्ट बलर, ब्याटर र म्यानअफ द सिरिजकाभे उपाधीगोलिगढको सुनिल सहानीले प्राप्त गरे ।

प्रतियोगितामाप्रथमभएको गोलिगढले कर सहित २५ हजार र दोश्रो भएको मिश्रौलियाको टोलीले कर सहित १५ हजार रुपैया प्राप्तग¥यो ।

प्रतियोगिताको समापनगर्दै वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले प्रतियोगिताले वडा स्तरमै क्रिकेट खेलाडीहरु उतपादनमा सहयोग गर्ने बताए । उनले अर्कोवर्ष पुनः यो भन्दा राम्रो र भब्यतरिकाले प्रतियोगिताको आयाजना गर्ने बताए । समापन समारोहमा वडा अध्यक्ष सहित वडा सदस्यहरु बसन्त भट्टराई, बसुन्धरा शर्मा, युवराज बराल सविता हरिजन, वडा सचिवअब्दुल रसिद पठान सहितगोलिगढ टोल सुधार समितिकाअध्यक्षयुवराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!