२३ औँ सामूहिक खेलकुद महोत्सव सुरु

भैरहवा । ‘स्वास्थ्यका लागि खेलकुद, जीवनको लागि खेलकुद’ भन्ने नाराका साथ २३ औ सामूहिक खेलकुद महोत्सव आज बुधबारबाट सुरु भएको छ । सामुहिक विद्यालय परिवार रुपन्देहीले विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुद लगायतका प्रतिष्पर्धात्मक क्रियाकलापको विकास गर्न विगत २२ वर्ष झै प्रतियोगिता आयोजना गरेको हो ।

परिवारमा रहेका नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम राख्दै विद्यार्थी, शिक्षक र अभिभावकमा पनि समबन्ध जोड्नका लागि प्रतियोगिताले भुमिका खेल्दै आएको छ । शिक्षाको साथै सामाजिक र खेलकुदमा पनि उत्तरदायित्व बहन गर्दै परिवारले विविध कार्यक्रमहरु गर्दै आएको अध्यक्ष बसन्त पाण्डेले बताए ।

प्रतियोगिताको मुख्य उद्धेश्य छात्र तथा छात्रालाई शारिरीक तथा मानसिक रुपमा स्वास्थ्य राख्नु तथा उनिहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउने प्लेटफर्मको श्रृजना गर्नु रहेको खेलकुद महोत्सबका संयोजक दिपक थापाले बताए । समूहमा आबद्ध २० विद्यालयका एक हजार ३ विद्याथीहरु वीचहुने खेल महोत्सव ३ तहमा विभाजन गरी प्रतियोगिता गराइने छ । कक्षा १देखि ३ सम्मको सबजुनियर, कक्षा ४ देखि ६ सम्मको जुनियर र कक्षा ७देखि १० सम्मका सिनियर गरी ३ तहमा हुने प्रतियोगितालाई छात्रा र छात्र गरि २ विधामा प्रतियोगिता गराइने संयोजक थापाले बताए । मंसिर २६ गते देखि २९ गते सम्म हुने ४ दिने खेल महोत्सवमा सय मिटरदेखि ८ सय मिटर सम्मका दौड, सय गुणे ४ रिले दौड, लङजम्प, सटपुट र भलिबल खेलहरु हुने आयोजकले जानकारी दिइएका छन । परिवारले केही दिन अगाडि मात्रै विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरेको छ ।

महोत्सवमा सब जुनियर,जुनियर र सिनीयर तर्फबाट छात्र छात्रा उत्कृष्ट टिम घोषित गरी पुरस्कृत गरिने र सबै तहको अंकका आधारमा उत्कृष्ट टिम घोषित गरी पुरस्कृत गरिनेछ ।प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख खर्च हुने अनुमान गरिएको छ ।

विजयी खेलाडी, विद्यालयलाई तह गत र विधा अनुसार ४८÷४८ वटा स्वर्ण, रजत कास्य पदक तथा उत्कृष्ट विद्यालय समूह तथा च्याम्पीयनलाई रनिङ सिल्ड, सिल्ड तथा प्रमाण पत्र प्रदान गरिनेछ । वि.स.२०५९ सालमा स्थापना भएको परिवारमा समाज तथा राष्ट्रका लागि असल जिम्मेबार खेलाडी÷नागरिक तयार गर्नु हो । खेल मैदानको अभावमा निश्चित ठाँउमा गराउनु पर्ने प्रतियोगिता फरक फरक ठाँउमा खेलाउदै आइएको छ । साझा खेल मैदान नहुदा त्यसमा सरोकारवाला निकायले ध्यान दिई यथासिघ्र प्रयोगमा ल्याउन जरुरी रहेको परिवारको माग छ । अहिले भलिवल खेल पक्लिहवा माविको प्राङगणमा हुदैछ भने अन्य खेल पक्लिहवा कृषि क्याम्पसमा हुदैछ ।

संस्थाले स्थापना देखि विद्यार्थीहरु बीच हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद, निबन्धलेखन तथा वाचन, कविता लेखन तथा वाचन, स्मरण खेल, चित्रकला, क्रिकेट, भलिबलहरु जस्ता प्रतियोगिताहरु समेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!