सिद्धार्थनगरका नगरप्रहरीलाई सशस्त्रद्वारा आधारभूत तालिम

भैरहवा । सिद्धार्थनगर नगरपालिकाका नवनियुक्त नगरप्रहरीहरुलाई नगर प्रहरी आधारभूत तालिम दिइएको छ नगरलाई थप व्यवस्थित बनाउनका लागि १ जना नगर प्रहरी सहायक निरिक्षक सहित १५ जना नगरप्रहरीहरु नियुक्त गरेको थियो । नगरपालिकाले छनौट गरेका नगर प्रहरीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल र सिद्धार्थनगर नगरपालिकाको समन्वय र सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीमा तालिम प्रदान गरि दिक्षीत गरेको छ ।  नगरपालिकाले छनोट गरेका प्रहरीलाई गण हेडक्वार्टर रुपन्देहीले ३० दिनसम्म आधारभूत तालिम प्रदान गरेर मंगलबार गण परिसरमा एक कार्यक्रमको आयोजना गरेर दीक्षित गरिएको हो ।

तालिमबाट नगर प्रहरीहरुलाई मानव अधिकार, अनआर्म्स कम्व्याट, विशिष्ट व्यक्ति सुरक्षा, महत्वपुर्ण संरचनाको सुरक्षा, सरकारी सम्पत्तिको सुरक्षा, विपद व्यवस्थापन, हुल तथा दंगा व्यवस्थापन तथा कार्यालय सुरक्षासँग सम्बन्धित विविध विषयहरुमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिलाई सक्षम, दक्ष र व्यवसायिक नगर प्रहरी तयार गरिएको थियो । सशस्त्र प्रहरी नायब उपरिक्षक दुर्गा बहादुर थापा नेतृत्वले प्रशिक्षण गरेका थिए ।

प्रशिक्षार्थी नगर प्रहरीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका योग्य प्रशिक्षकहरुद्धारा फौजी कवाज, नगर प्रहरीको काम, कर्तव्य र अधिकार, अग्नी नियन्त्रण, आपतकालिन उद्धार, कार्यालय सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, सभा समारोह व्यवस्थापन, बल प्रयोगको सिद्धान्त, नगर प्रहरी आचार संहिता, अनुशासन र असल आचरण जस्ता विषयहरुमा बृहत मात्रामा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिलाइएको गणपति सशस्त्र प्रहरी उपरिक्षक आनन्द थापा मगरले जानकारी दिए ।

नवनियुक्त नगरप्रहरहरुलाई सिद्धार्थनगर नगर प्रमुख इस्तियाक अहमद खाँ,उपप्रमुख उमा अधिकारी, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलगायतले प्रमाणपत्र तथा दर्जानी चिन्हद्धारा सुसोभित गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी मेयर खाँले नगरपालिकाको निर्णय कार्यान्वयन गराउने लगायतको कामम सक्रियता बढ्ने अपेक्षाका साथ स्वच्छ रुपमा नगरप्रहरी नगरपालिकाले नियुक्त गरेको बताए । उनले आजैबाट नगरप्रहरीको अधिकतम प्रयोग गरिने बताए ।

उपप्रमुख अधिकारीले नगरको नवनियुक्त प्रहरीको दक्षता बृद्धि गर्नका गणले जिम्मेवारी लिइ उत्कृष्ट क्षमता प्रदान गर्ने जस्तो महत्वपूर्ण काम गरेको बताइन । उनले नगरप्रहरीलाई तालिम प्रदान गर्ने गुरुको सम्मान, नगरपालिका र वर्दीको लगि अविचिलित नभई काम गर्न आग्रह गरिन ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले मेहनत र लागवका साथ तालिम लिई कर्तव्य निष्टका साथ तोकेको जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्नुपर्ने बताए । यो तालिमले नगरपालिकालाई सुरक्षित नगरपलिाका बनाउन, कानुुन बमोजिमको क्रियाकलापको प्रोत्साहित गर्न र कानुन विपरितको काम नियन्त्रण गर्न, नगरपालिकाको निति नियम र निर्देशनको मातहतमा रहेर काम गर्नको लागि उर्जा प्राप्त होस भन्ने शुभकामना दिए ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले नगरको सिमित नगरप्रहरीले नगरको काममा कठिनाई पुगेकोले आवश्यक नगरप्रहरी नियुक्त गरेका हौ । जिम्मेवारीलाई अझै व्यवसयिक बनाउन यो तालिम प्रदान गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय, प्रहरी तालिम केन्द्र बुटवल र पदपुर्ति समितिको सहकार्यमा छनोट प्रक्रिया गरिएकामा सशस्त्र प्रहरीले आधारभुत तालिम दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!