भैरहवा मेडिकल कलेजमा ‘रेडियो क्विज २०२४’

भैरहवा– विश्व रेडियाग्राफी दिवसको अवसरमा युनिभर्सल मेडिकल कलेज अफ अस्पताल, भैरहवामा हाजिरीजवाफ प्रतियोगिता ९रेडियो क्विज २०२४० सम्पन्न भएको छ । रेडियो डायग्नोसिस तथा तथा मेडिकल इमेजिङ्ग विभागको आयोजनामा कार्यक्रम भएको हो ।

हाजिरीजवाफ अन्तर्राष्ट्रिय रुपमा रेडियोलोजी अन्तर्गत विकास भएका प्रविधि सम्बन्धमा छलफल, सिकाई, बढी भन्दा बढी विरामी मैत्री र रोगको निदान कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रिकृत थियो । कार्यक्रममा समूह ‘ग’ अन्तर्गत डा।स्वेता गुप्ता, डा।सम्रक्ष लम्साल, डा।सम्झना मेहता, हिमेश्वरी लता चौधरी, मोहनन्द मेहता, राजकुमार ठाकुर र नारायणी अधिकारीको समुह प्रथम भएको छ ।

समुह ‘क’ अन्तर्गत डा। दृष्टि लामिछाने, डा।अग्नी वाइवा, डा।महा मुन्नर, विविका कँडेल, विनिशा अधिकारी, मुना खत्री कार्की, नारायणकुमार चौधरी, राजा बाबु शाहको समुह द्वितीय भएको छ । समूह ‘ख’ अन्तर्गत डा।नारायण बोहरा, डा.ममता अवस्थी, डा.पुजन बाटाजु, नम्रता चौधरी, गंभिरलाल यादव, रोहित रोय, शिक्षा पोखरेलको समूह तृतिय भएको छ ।

यु।सि।यम।यस।, शिक्षण अस्पताल, भैरहवाका रेडियोलोजी विभाग प्रमुख तथा मेडिकल सुपरिन्टेन्डेन्ट प्रा।डा।सदनमुखिको सभापतित्वमा भएको कार्यक्रमको संचालन दर्शना ढकालले गरेकी थिइन् । उक्त कार्यक्रममा प्रा।डा।सन्तोष शाह, उपप्रा।डा।राजकुमार केसी, उप प्रा।डा।दिपान्जली शर्मा, डा।सन्तोष मिश्रा लगायतको सहभागिता थियो । कार्यक्रमको अनुगमन सह प्रा।डा।सन्जु रावल, डा।वर्दान ओली, डा।कृष्ण थापाले गरेका थिए ।

कार्यक्रमको संयोजन कृष्णप्रसाद पोखरेलले गरेका थिए भने विजेता समूहलाई मेडल तथा ट्रफी प्रदान गरिएको गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!