लुम्बिनी प्रेस क्लबको पाचौँ अधिवेशन, अध्यक्षमा रायमाझी

भैरहवा । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको अध्यक्षमा कमल रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको भैरहवामा सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट रायमाझीेको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि १३ सयदस्यीय कार्यसमिति चयन गरिएको हो । रायमाझी लुम्बिनी खबरको सम्पादक हुन् ।

क्लबको दुई उपाध्यक्ष मतदानबाट चयन गरिएको हो भने अन्य पदमा सर्वसम्मत समिति चयन गरिएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उपाध्यक्षमा दीपक घिमिरे (२६) र दीपेन्द्र बडुवाल (२४) मत ल्याएर निर्वाचित भए । बडुवाल कान्तिपुर दैनिकको लुम्बिनी प्रदेश ब्यूरो प्रमुख हुन् भने घिमिरे खबरपात्रो डटकमका प्रधान सम्पादक हुन् । यस्तै, क्लबको महासचिवमा प्रकाश न्यौपाने सर्वसम्मत निर्वाचित भए । उनी पब्लिक कुरा डटकमको सम्पादक हुन् भने भैरहवाबाट न्यूज २४ टीभी र लुम्बिनी टिभीमा रिपोर्टिङ गर्छन् । यस्तै, क्लबको सचिवमा शशि पन्थी, कोषाध्याक्षमा विष्णुप्रसाद भट्टराई र सहकोषाध्यक्षमा रविन्द्रप्रताप गुप्ता चयन भएका छन् । पन्थी बुटवल टुडे, भट्टराई गौतमबुद्ध सन्देश र गुप्ता प्रराइम टाइम्स टीभीमा आबद्ध छन् ।

क्लबको कार्यसमिति सदस्यमा मोहम्मद हविव, प्रतीक पौडेल, भीम भण्डारी, एलिना आचार्य, रुविना थापा मगर र अस्मिता अधिकारी चयन भएका छन् । हविव लुम्बिनी दैनिक, पौडेल जनता टिभी, भण्डारी पब्लिक कुरा डटकम, आचार्य रेडियो नेपाल, मगर लुम्बिनीखबर र अधिकारी समता टिभीमा आबद्ध छन् । यस्तै क्लबको तालिम समिति संयोजकमा अरुणराज शर्मा ज्ञवाली र सदस्यमा झब्बर यादव चयन भएका छन् । ज्ञवाली स्टारखबर नेपाल डटककम र यादव लुम्बिनी खबरमा आबद्ध छन् । क्लबको लेखा समिति संयोजकमा शोभाकान्त रेग्मी चयन भएका छन् । उनी सिद्धार्थ एफएममा आबद्ध छन् ।

निर्वाचित भएपछि क्लबका अध्यक्ष रायमाझीले संस्थागत हीतलाई माथि उठाउने गरी काम गर्ने जनाए । उनले क्लबका सदस्यहरुको बृत्तिविकासमा योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले एकढिक्का भएर रचनात्मक काम गर्ने छौं’, उनले भने, ‘यसका लागि सबैको साथसहयोग रहने विश्वास लिएको छु ।’

भैरहवा, धकधई, लुम्बिनी र मर्चवार क्षेत्रका पत्रकार आबद्ध प्रेस क्लबले यस क्षेत्रमा विगत लामो समयदेखि रचनात्मक र सिर्जनशील काम गर्दै आएको छ । यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवा क्षेत्रमा प्रेस क्लबले खेलको भूमिका सह्रानीय रहेको जनाए । उनले आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन लगायत हरेक क्षेत्रमा क्लबमा आबद्ध पत्रकारहरुले सकारात्मक कलम चलाउँदा धेरै कुराहरु परिवर्तन र सुधारमा सहयोग पुगेको जनाए ।

यस्तै, संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्य, क्लबका संस्थापक अध्यक्ष माधब ढुंगाना, पूर्वअध्यक्ष नरेश केसी, सल्लाहकार कुलमणि ज्ञवाली, मनोरंजन शर्मा लगायतले बोल्दै संस्थागत विकास र भैरहवा क्षेत्रको आर्थिक समृद्धिका लागि क्लब र यसमा आबद्ध पत्रकारहरुले आफ्नो कलममार्फत् भूमिका निभाउनुपर्नेम जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!