नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा कृषि पभेलियन

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्दहीको आयोजनामा हुन गइरहेको नवौ लुम्बिनी राष्ट्रिय महोत्सवमा कृषि उत्पादनलाई बजारीकरण गर्न प्राथमिकताका दिदै पभेलियन बनाइएको छ ।

कृषिमा व्यवसायिक विकासका लागि कृषिजन्य बस्तुको उत्पादन, प्रवद्र्धन गर्न कृषि उद्यम र प्रविधिलाई अर्गानिक उत्पादनलाई विशेष प्राथमिकता दिइएको मेला कार्यसम्पादन समिति कृषि उपसमितिका संयोजक यमकला न्यौपानेले जानकारी दिइन । सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २० गते सुरु भएकोे पर्यटन महोत्सव कृषि तथा राष्ट्रिय औधोगिक व्यापारमेलामा कृषि प्रवर्द्धनका लागि विभिन्न प्रकारका २ दर्जन बढि प्रदर्शनी स्टलहरू सहित कृषि पभेलियन बनाइएको बताइन ।

मेला अवधिमा किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकारवालासँग अन्तरािक्रया पनि रहने छ । महिला उद्यमी, हस्तकलालाई अवस्था हेरेर ५० प्रतिशत छुट छ । कृषि उत्पादनलाई प्रोत्साहित गर्न प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाबाट सिफारिश भएका कृषकका लागि निःशुल्क स्टल उपलब्ध गराइएको न्यौपानेले बताइन ।

कृषि पेभिलियनतर्फ अर्गानिक उत्पादनमा पोखरी नै राखी रुपन्देहीको माछा पालन सम्बन्धी प्रदर्शन रहेको छ । यस्तै अग्र्यानिक उत्पादनकोे विकास, विस्तार र उपभोगको प्रवर्द्धनका लागि अर्गानिक उत्पादन प्रदर्शन तथा विक्री वितरण भइरहेको छ । मेलामा कृषिजन्य बस्तुका स्टललाई प्राथमिकताका साथ विशेष छुट प्रदान गरिएको छ । कृषिमा व्यावसायिक विकासका लागि युवा सहभागिता र लगानी अभिवृद्धि गर्नको लागि कृषिमा भएका असल अभ्यास, कृषिमा भित्रिएको नवीनतम प्रविधि, कृषि औजार, मल, परामर्श लगायत स्थानीय उत्पादन समावेश गरिएको छ । कृषिका विभिन्न विधा जस्तै कुखुरापालनको अण्डा, माछापालन, बाख्रापालन, गाईभैंसीपालन, डेरी, केरा खेती, च्याउ र च्याउका परिकारहरुको विक्री तथा प्रदर्शनी भइरहेको छ । यस्तै घरेलु अचार, मह, हस्तकलाका सामाग्री, गुन्द्रुक लगायतका सामाग्री उत्पादन गरि महोत्सवमा विक्रीका लागि आएका छन् ।

यस्तै मुस्ताङको स्याउ, स्याउका परिकारहरु, मर्चवारको तरकारी, प्यासन फल, मकै, दैलेखको गेडागुडी लगायत पूर्व देखि पश्चिम सम्मका कृषि जन्य उत्पादनहरु मेलाको आकर्षणको रुपमा रहेको छ । हामीले कृषि उत्पादनलाई विगतमा पनि ब्राण्डिङ र पहिचान गरेको हो र अहलिे पनि स्पेश दिएका छौ ।

संघले २ दशक देखि नियमित रुपमा मेला गर्दै आएकोमा हरेक वर्ष कृषिलाई प्राथमिकता दिदै आएको अध्यक्ष ठाकुर श्रेष्ठले बताए । उनले कृषकका उत्पादनलाई बजारीकरण गर्न विगतमा जस्तै यस वर्ष पनि महत्वका साथ ठाँउ दिएको बताउदै कौसीखेतीलाई अभियानकै रुपमा लैजानका लागि मेलामा तालिम प्रदन गरिने छ । यस्का साथै कृषकलाई तालिम र मेला अवधिमा ३ दिन कृषकहरुको जमिनको माटो निशुल्क परीक्षण समेत गरिने व्यवस्था गरिएको छ ।
महोत्सव मूल आयोजक समितिले तराई मात्रै होइन हिमाली तथा पहाडी जिल्लाका कृषिजन्य बस्तुको बिक्रीका लागि मेलामा आउदैछन । काठमाडौं, पोखरा, चितवन, झापा, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बुटवल, भैरहवा, पाल्पादेखि कर्णाली प्रदेशका जिल्लाहरु दैलेख, सुर्खेत, सुदूरपश्चिमका कैलाली, कंचनपुर तथा मनाङ–मुस्ताङका जिल्लाहरुबाट किसान तथा व्यवसायीहरुले स्टल बुक गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!