भैरहवा । रुपन्देहीको जिल्ला अस्पताल भीम अस्पताललाई सेमिनार हल र फोहोर व्यवस्थापन भवन हस्तान्तरण गरिएको छ ।
सिद्धार्थनगर नगपालिकाद्वारा निर्मित सेमिनार हल र फोहोर व्यवस्थापन भवन एक कार्यक्रम गरि नगरपालिकाले अस्पताललाई हस्तान्तरण गरिएको हो । अस्पतालको अति आवश्यक पूर्वाधारको रुपमा रहेको यी दुवै कक्षको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले फोहोरमैला व्यवस्थापन अस्पतालको महत्वपूर्ण विषय भएकोले नगरपालिकाले फोहोर वर्गीकरण गरि व्यवस्थापन सहितको काममा सहजताका लागि भवन निर्माण गरि सहकार्य गरेको बताए । यहाँ दुख पर्दा मात्रै सेवाग्राहीहरु आउने भएकोले उपचारमा आउने बिरामीलाई पनि अस्पतालमा राम्रो व्यवहार गरि खुशी बनाउने वातावरण हुनुपर्ने बताए । उनले अस्पतालको जिम्मेवारी नै सफासुग्घर र फोहोरको उचित ढंगबाट व्यवस्थापन गर्नु रहेकाले यहाँहरुको माग अनुसार नै नगरपालिकाले सहकार्य गरेको छ । आगामी दिनमा पनि समस्याको समाधानका लागि नगरपालिकाले निरन्तर सहकार्य गर्ने बताए ।
नगर उपप्रमुख उमा अधिकारीले कसैले पनि समस्या राख्यो भने समाधान अवश्य हुने बताउदै नगरपालिकाले भीम अस्पतालको २ वटा समस्याको निराकरण गरेको बताए । जति पूर्वाधार बनाएपनि बढदै गएको विरामीको चापले दिनानुदिन अपुग हुनेहुदा नगरपालिकाले सहकार्य गरि यहाँको समस्याहरु प्राथमिकताका आधारमा बुदागत रुपमा समाधान गर्दै जाने बताईन ।
वडाध्यक्ष सोमबहादुर गुरुङले हामूो वडामा रहेको यो अस्पतालको फोहोर व्यवस्थापनका लागि चुनौति रहेकोले अहिले समाधन गरि केही पहल भएको बताए । वडामा स्पतालमा यहाँको फोहोर अव्यवस्थित रुपमा जलाएर प्रदुष्ण गरिएको भन्ने गुनासाहरु आउने गरेकोमा अब यो नआउने र आवश्यक पूर्वाधारको व्यवस्था हुने बताए ।
यस क्षेत्रको पुरानो अस्पताल रहेतापनि सेमिनार हलको अभावका कारण स–साना कार्यक्रम बाहिर गर्नुपर्ने बाध्यता रहेको थियो । असप्तालमा विरामीहरुको चाप बढ्दै गएकोले अस्पतालद्वारा प्रदान गरिने सेवासुविधालाई प्रभावकारी र गुणस्तरीय बनाउन अस्पातल सहित सरोकारवाला निकायले महत्वपूर्ण भुमिका खेल्नु पर्ने अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट शकुन्ताला गुप्ताले बताइन । उनले सिद्धार्थनगर नगरपालिकाले अस्पताल हातामा सेमिनार भवनको निर्माण गरि अस्पताललाई उपलब्ध गराइदिएपछि स्वास्थ्यकर्मी लगायतलाई बारम्बार आयोजना गर्नुपर्ने विभिन्न तालिम, गोष्ठी र कार्यक्रमका लागि बाहिर महंगो होटलमा धेरै पैसा खर्चिनु पर्ने बाध्यताको अन्त्य हुने बताइन् ।
सिद्धार्थनगरको करिब ५९ लाख रुपैयाँको लागतमा अस्पतालमा सेमिनार हल, फोहोर व्यवस्थापन भवन, भुइँमा ब्लक र खानेपानीका योजना संचालन भएको हो । अस्पताललाई अति आवश्यक पूर्वाधारमा सहयोग गरेको नगरपालिकाले साना साना भएपनि महत्वपुर्ण मानिने कामहरु वडा अथवा नगरस्तरीय रुपमा गर्नुपर्ने अस्पतालका अध्यक्ष अननत्कुमार शर्माले भने ।
