भैरहवा । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको स्थापना दिवसमा आधुनिक शल्यक्रिया भवनको शिलान्यास गरिएको छ । नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भवनको शिलान्यास गरे । सो अवसरमा बोल्दै उनले उपचारको साथै नेत्रविज्ञानसँग जोडेर विभिन्न विद्या र तहमा अध्ययन अध्यापनबाट गर्दे आएको अस्पतालले देशमै विशिष्ट पहिचान बनाएको बताए । संघ मध्येको अस्पताल र उपचार केन्द्र मध्ये यो नेपालकै आखाँ अस्पतालको चर्चा गर्द अग्र भागमा रहेको बताए ।
उनले भवन निर्माणलाई गुणस्तरीय र समयमा निमार्णसम्पन्न गर्नका लागि शुभकामना दिदै गर्न सक्ने काम गर्न र गर्न नसक्ने कामको प्रयास गर्ने प्रतिबद्धता जनाए । ५६ करोडको लागत अनुमानमा बन्न लागेको अस्पताल आखाको विधामा अध्यापन हुने उत्कृष्ट देशकै सबै भन्दा महत्वपूर्ण केन्द्रको रुपमा यसको विकसित गर्नका लागि सधैव साथमा रहने बताए ।
अर्थमन्त्री बिष्णु पौडेलले रुपन्देही सम्भावनै सम्भावना भएको जिल्ला भएकोले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चल्छ र चलाएर देखाउने बताए । उनले ‘रुपन्देही देशको मध्य भागमा छ, विकासका असिमित सम्भावना यसले बोकेको छ । मानवीय र भौतिक विकासको दृष्टिकोणले देशको उत्कृष्ट र नमुना जिल्ला हुनुपर्छ ।’
उनले रुपन्देही सभ्यता र संस्कृतिको दृष्टिकोणले पनि नमुना छ । गौतमबुद्धको जन्मस्थली भएको ठाउ जसले संसार भरि शान्ति र मानवताको सन्देश फैलाएकाको सन्तान हौ । जुन जात धर्म संसकृतिको भएपनि हामी बुद्धका सन्तान हौ । जस्को नाताले उन्नत मानवीय संस्कृति देश र संसारभरि फैलाउनु छ । ‘नाकारात्मक सोचबाट माथीि उठेर सदभाव, सदियदता, आत्मयिता, बन्धुत्व त्यसको पक्ष भई निन्दा, भत्र्सना, विरोध, असन्तुष्टि, गुनासा जस्ता धन्दामा लागेर समय बर्बाद गर्दैनौ भनेर रुपन्देहीले संकल्प गर्नुपर्छ’े हामीले सृजना, सदभाव र एकताको बाटो हिड्छौ भन्ने सन्देश दिनुपर्ने बताए ।
‘५२ सालमा रुपन्देहीका अन्तराष्टिय« विमानस्थल बनाउने कुरा गर्दा पागलहरुको कुरा नहुने कुरा भनेका थिए तर हामी लागेर यहाँके साथले अहिले निर्माण भई संचालनमा छ । अहिले पनि चल्दैन भनेर केहीले भनिरहेका छन, तर चलिरहेको छ ।’ उनले भने ‘म भन्छु चल्छ, जसरी बन्दैन भन्नेलाई आशंका र आलोचनालाई वास्ता नगरी बनाएको विमानस्थल बन्यो । त्यसरी चल्दैन भन्नेलाई पनि वास्ता नगरी यो विमानस्थल, राम्रो होइन धेरै राम्रो सँग चल्छ हामी चलाएर देखाउछौ’ म दाबीका साथ भन्छु चल्छ र र चल्न सुरु भएको छ ।
मैले मात्रै संकल्प गरेर हुदैन हाँहरुको मनमनमा पनि हुनुपर्छ । कसैलाई यो गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको विषयमा बोल्न र अभिव्यक्तिी दिन संकोच लाग्छ भने विरोध नगर्न आग्रह गरे । सकिन्छ भने योग्दान गर्नुस, पक्षमा बोलीदिनुस लेखिदिनुस त्यो पनि सकिदैन भने चुप लागेर बसिदिनुस तर नकारात्मक कुरा नराख्न अनुरोध गरे ।
जीवन जस्तै हो अवरोध, वाधा अडचन आउछन पन्छाउदै संचालन गर्छौ भन्ने विश्वास दिलाउदै यो विमानस्थलको भविष्य धेरै उज्यालो छ । यसलाई रुपन्देहीको चौघेरा भित्र राखेर सोच्ने होइन । नेपाल भन्दा बढि बाहिर विदेशमा यस्को दायरा छ । लुम्बिनी संसारका विभिन्न भागबाट आउन चाहनेका लागि महत्वपूर्ण पुरातात्विक तथा तिर्थस्थल तथा सास्कृतिक सम्पदा हो । मानिसले धेरै चिज बनाउला तर अर्को लुम्बिनी बनाउन सक्दैन । त्यो लुम्बिनी हामीसँग छ ।
नेपाल नेत्रज्योति संघद्धारा बि.स. २०४० मंसिर १३ गते स्थापना भएको लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर ÷ श्री रण अम्बिका शाह आँखा अस्पतालले दैनिक औसतमा १२०० बहिरङ्ग सेवा तथा १५० आँखा रोग संग सम्बन्धित विभिन्न शल्यकृया गर्दैआँखा रोगका बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको अस्पतालले जानकारी दिएको छ । २१ जना नेत्र बिशेषज्ञ सहित १८० जनाले सुलभ तथा गुणस्तरीय सेवा पु¥याउदै आएका छन । अत्याधुनिक उपचार पद्धतीद्धारा बिशिष्ठकृत सेवा आँखाको सुन्दरता बनाउने शल्यकृया, आँखाको नानि प्रत्यारोपण, आँखाको पर्दा, न्यून दृष्टि, आँखाको व्यायाम, बालआँखा उपचार सेवा लगायतका विभिन्न गुणस्तरिय आँखा उपचार सेवा तथा नाक कान घाटी उपचार सेवा उपलब्ध गराउदै आएको अस्पतालले जानकारी दिएको छ ।
नेपालको दुर्गम क्षेत्र सम्म सर्व सुलभ आँखा उपचार सेवा पुरÞ्याउने उद्देश्य तौलिहवा, पाल्पा, बुटवल, कृष्णनगर, गुल्मी अर्घाखाँची प्युठान लगायतका स्थानहरुमा १६ वटा आँखा उपचार केन्द्र स्थापना गरी आँखा उपचार सेवा उपलब्ध गराउदै आएको छ । यस अस्पतालमा आउने बिरामीहरुको चाँप लाई मध्यनजर गर्दा हाल सञ्चालनमा रहेका शल्यकृया कक्षहरु तथा अन्तरङ्ग बिभागमा रहेको ठाउँको कमि भई बिरामीहरुलाई गुणस्तरीय सेवा दिनको लागि प्रतिकुल असर देखिएकोले उच्च स्तरिय सेवा पुयाउने हेतुका साथ मोडुलर शल्यक्रिया कक्ष सहित ठिलक्स केविन, जनरल वार्ड, परिक्षण कक्ष, मेडिकल स्टोर, नर्सिङ स्टेशन सहितको ६हजार ५ सय वर्ग मिटर क्षेत्रफल रहेको १ तला अन्डरग्राउन्ड सहित ४ तलाको अत्याधुनिक शल्यक्रिया भवन निमार्ण गर्नका लागि सन् २०२० मा नै करिव रु.५६,९२,२५,४०५।१४ लागत अनुमान रहेको डिपीआर तयार गरिएको थियो । पहिलो चरणमा संरचना सम्मको भवन आफ्नै आन्तरिक स्रोतबाट निर्माण गर्ने गरी मिति २०८० चैत्र १६ गते टेण्डर आव्हान गरि श्री नव शिर्जनसिल कन्स्ट्रक्सन कम्पनी प्रा. ली. काठमाडौं सँग पहिलो चरणको कार्य २ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरि २२ करोड २९ लाख १०हजार ९७ रुपैयामा सम्झौता भएकोे अस्पतालका सूचना अधिकारी प्रतिक पाण्डेले जानकारी दिए ।
अस्पतालले योजना बनाएको भवनमा अन्डरग्राउन्ड पार्किङ्ग १२० सवारि साधन पार्किङ्ग गर्न सकिने, बिरामिहरुको सुविधाका लागि करिब ९० बेड क्षमता को जनरल वार्ड, सिंगल, डबल, र त्रिपलक्षमताको केबिनहरु रहेको ३० कोठा सहितको अन्तरङ्ग बिभाग रहने, उच्चस्तरिय सुविधायुक्त करिब १२ कोठाहरु रहेको शल्यक्रिया कक्ष, शल्यक्रिया पश्चात बिरामिहरुको चेकजांच कक्ष, परिचारिका कक्ष, चिकित्सक कक्ष, ईमरजेन्सि कक्ष पनि सोही भवनमा रहने अस्पतालका सूचना अधिकारी पाण्डेले जानकारी दिए ।
नेपाल नेत्र ज्योति संघका केन्द्रिय अध्यक्ष प्रा. डा. चेतराज पन्तले लुम्बिनी प्रदेशमा देशकै सबै भन्दा बढि आखाँका विरामी रहेकोले यसको उपचारार्थ ९ वटा अस्पतालले सेवा दिदा पनि अपुग रहेको बताए । ३४ हजार जनाको अपरेशन गर्नुपर्ने, १७ हजार जना अन्धो रहेको यहाँ ४० लाख बढिलाई तत्काल चश्माको प्रयोगले आखाँको समस्या समाधान हुने हुदा सरकारले चश्मा किन्न नसक्ने अवस्थामा रहेका नेपालीहरुको हितका लागि लगाउदै आएको भ्याट छुट गर्नुपर्ने माग गरे । उनले अबको ५ वर्षमा नेपाललाई अन्धोमुक्त बनाउन समेत योजना रहेको बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले यस क्षेत्रकै पुरानो संस्थाले ४ दशकदेखि आखाँको बारेमा नयाँ नयाँ काम गर्दे आएको बताउदै पालिकाले यस्को विकासका लागि सँसँगै रही यस क्षेत्रको पालिकावासीलाई प्रत्यक्ष लाभ तथा सेवा दिइरहेकोमा धन्यावाद व्यक्त गरे । अत्याधुनिक अल्यक्रिया भवन निर्माणले विरामीलाई थप सहजता हुने समेत बताए ।
योजनाका बारेमा अस्पतालका व्यवस्थापकले जानकारी गराएका थिए भने नेत्रज्योति सं रुपन्देहीका अध्यक्ष कमलराज जोशीको स्वागत सचिव राजेन्द्र पन्थीको संचालन तथा रण अम्बिका आँखा अस्पतालका अध्यक्ष सागरप्रताप राणाको धन्यवाद सहित समापन भएको थियो । अस्पतालले पादोन्नती भएका चिकित्सक, उत्कृष्ट कर्मचारी तथा विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो ।
