कर सप्ताहमा उत्कृष्ठ करदातालाई सम्मान

भैरहवा । ‘कर प्रणालीको सार लगानीको आधार’ भन्ने नाराका साथ आन्तरिक राजस्व कार्यालय भैरहवाले विविध कार्यक्रम गरि राष्ट्रिय कर दिवस मनाएको छ । मंसिर १ देखि शुरु भएको राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट कर दाता तिरुपति फुड प्रोसेसिङका संचालक विजय कुमार जयसवाल, उत्कृष्ठ कर्मचारी धनिश्वर अर्याललाई सम्मान गरिएको छ । मंसिर १ देखि शुरु भएको राष्ट्रिय कर दिवस २०८१ को कर सप्ताहको आज समापन कार्यक्रममा आन्तरिक राजस्व विभागका प्रमुख कर अधिकृत प्रेमराज पोखलले सरकारले लिएको कर निति, राजस्व निति, कर प्रसाशन र निजि क्षेत्रको त्री पक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनको लागि यस किसीमको कार्यहरु गरिरहेको बताए ।

उद्योगी व्यवसायीहरुलाई कर तिर्नको तथा लागि थप प्रेरीत गर्नकोलागि उत्कृष्ट करदाता भनेर पुरस्किृत गर्दै आएको प्रमुख कर अधिकृत पोखलको भनाई छ । साथै उनले कर कार्यलयमा लामो समयदेखी काम गर्दै आएका कर्मचारीहरुलाई उतकृष्ट कर्मचारीहरुको रुपमा हामीले सम्मान गछौ, जसले उनीहरुमा थप राम्रो काम गर्नको लागि प्रेरित गर्नेछ ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यलय रुपन्देहीको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ‘राज्यको दायित्वहरु पुरा गर्ने साधन भनेकै सरकारी राजस्व प्रमुख रुपमा हो । सरकारी राजस्व सहि ढङ्गले उठयो भने त्यहि ढङ्गले परिचालन हुन्छ, अनी विकास र स्थिरता हासिल हुन्छ ’।

यदि सरकारी राज्स्व उठेन वा राज्स्व लक्ष्य उठेन भने राज्यको दायित्व, क्रियाकलापहरु खुम्चिदै जान्छ । त्यसैले राज्स्व प्रशासन तथा राज्स्व कार्यलय अत्यन्त महत्वपूर्ण छ उनले भने । जनताबाट जनतासम्म पुग्ने श्रोत राज्स्व हो । जनताबाट सरकारमा जान्छ अनि फेरी सरकारबाट जनतामा फर्किन्छ अर्थात हामीले तिरेको कर हामीमै फर्किएर आउछ । प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई छ ।

सिद्धार्थ उद्योग वानिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले ‘प्रत्येक दिन उद्ययोहरु बन्द भइरहेको अवस्थामा राज्स्व राज्स्व राज्स्व भन्दै उद्योगि व्यवसायहरुलाई नकारात्मक असर पर्नेगरी भएको व्यवहारलाई सरकारले समयमै सोच पुर्याउनुपर्छ भन्दै माग गरे । यसैगरी अन्तराष्ट्रिय उडानहरु नियमित रुपमा संचालन भयो भने सिमानाका स्वत व्यवस्थित हुने र राज्यलाई करको दायरा पनि बढ्दै जाने सिद्धार्थ व्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठको भनाई छ । कार्यक्रममा अडान रुपन्देहीका अध्यक्ष रामप्रसाद पोखरेल, एकान रुपन्देहीका अध्यक्ष कमल ज्ञवाली, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ लगायतले करको दर भन्दा दायरा बढाई निजी क्षेत्रको सहकार्यमै करमैत्री सहज वातावरण बनाउनु पर्ने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि

भैरहवा– सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रूपन्देहीका कृष्ण प्रसाद घिमिरे र अशोक क्षेत्रीको जोडीले कर सप्ताहको अवसरमा आयोजित डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
आन्तरिक राजस्व कार्यालय भैरहवा द्धारा राष्ट्रिय कर सप्ताहको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा घिमिरे र क्षेत्रीको जोडीले राजस्व अनुसन्धान कार्यालय बुटवलका पोहल सिंह राना र तेज कुमार वलीको जोडीलाई २–० सेटले हराएका हुन् ।

राना र वलीको जोडीलाई पहिलो सेट २१–९ तथा दोश्रो सेट २१–१२ले हराउँदै घिमिरे र क्षेत्रीको जोडीले उपाधि सहित ट्रफी, प्रमाणपत्र र नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । दोश्रो भएका राना र वलीको जोडीले ट्रफी, प्रमाणपत्र र १० हजार रुपैया प्राप्त गरे ।

त्यस्तै गरी आन्तरिक राजस्व कार्यालय भैरहवाका विकल्प भट्टराई तथा धनिश्वर अर्याल र भैरहवा भन्सार कार्यालयका मान बहादुर कुमाल र सन्तोष खड्काको जोडी तृतीय भए । तृतीय हुनेले ट्रफी, प्रमाणपत्र र पाच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको खेल संयोजक विकल्प भट्टराईले बताए ।

बिजेताहरूलाई कर सप्ताह समापन समारोहका दिन प्रमुख अतिथि रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख अधिकृत प्रेमराज पोख्रेल लगायतले ट्रफी, प्रमाणपत्र र नगद प्रदान गरे ।
२ दिन सम्म सञ्चालन भएको प्रतियोगितामा बिभिन्न सरकारी एवं सरोकारवाला निकाय गरी १६ टिमको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!