कुष्ठ रोग निवारणमा चुनौति, रुपन्देहीमा ४ महिनामा ४५ जनामा कुष्ठ रोग देखियो

भैरहवा । राष्ट्रि कुष्ठरोग रणनीति २०७८–२०८२ ले कुष्ठरोग मुक्त नेपाल बनाउने दष्टिकोण राखेपनि रुपन्देहीमा गत आर्थिक वर्षमा १ सय ६० जना कुष्ठ रोगका विरामी भेटिएका छन । नेपालमा कुष्ठरोग निवारण भएको १२ वर्ष भएपनि रुपन्देहीमा कृष्ठरोग निवारण भएको छैन । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार पछिल्लो ४ महिनामा रुपन्देहीमा ४५ जनामा कुष्ठरोग देखिएको छ । कृष्ठरोग मुक्त राष्ट्र घोसणा गरेपनि नेपालका तराई जिल्लामा कुष्ठप्रभावितको संख्यामा भने कमी आएको छैन ।

आर्थिक वर्ष २०७८÷०७९ मा रुपन्देहीमा १६५ जना, २०७९÷८० मा १४० जनामा पुष्टि भई विरामीले उपचार पाइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कुष्ठरोग निरिक्षक टिकाराम अधिकारीले बताए । अधिकारीका अनुसार रुपन्देहीमा यस आवको पहिलो चौमासिकमा मात्रै ४५ जनामा रोग पुष्टि भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ४, देवदह नगरपालिकामा २, सैनामैनामा २ जना, कन्चनमा १, गैडहवामा १, श्ुद्धोृधनमा ७, सियारीमा १, तिलोत्तमामा २, ओमसतियामा ३, रोहिणीमा ८, सिद्धार्थनगरमा ५, मायादेवीमा ५, लुम्बिनीमा २, कोटहीमाईमा १ र मर्चवारीमा १ जना नया विरामी थपिएका छन । पछिाल्लो तथ्याङ अनुसार रुपन्देहीका समरीमाई गाउँपालिकामा मात्र कुष्ठ रोग निवारण भएको देखिन्छ ।

नेपालमा ६ वर्ष देखि द लेप्रोसी मिसन नेपालले परियोजना मार्फत कुष्ठरोगमै सम्बन्धित रहेर काम गर्दै आएको छ । रुपन्देहीमा २ वर्ष देखि यो परयोजनाले स्वास्थ्य कार्यालय र थानीयसँग मिलेर काम गर्दै आएको परियोजनाकी सिता आलेले बताइन । उनले सरोकारवालाई कुष्ठरोग सम्बन्धी तालिम, सेन्सर उपकरण वितरण लगायतको काम गरेको बताइन । शुक्रबार रुपन्देहीको मायादेवी, सिद्धार्थनगर, ओमसतिया र रोहिणीका सरोकारवाला निकाय स्वास्थ्य शाखा, शिक्षक, स्वास्थ्यकर्मी, पत्रकार, समूह तथा सहकारीको सहभागितामा कृष्ठरोग सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया गरिएको छ ।

पछिल्लो समयमा कुष्ठरोगको प्रभाव बच्चा र महिलामा बढी भएको देखिएकोले अन्य रोग भन्दा उपेक्षामा परेको रोगका कारण यसको निवारण हुन नसकेको पाइएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार कुष्ठरोग पत्ता लगाउन ढिलाई, बच्चाहरुमा कुष्ठरोग देखिरहनु, समाजमा कुष्ठटरोग प्रति कलंक र भेदभाव, सरोकारवालाहरुबाट रोगप्रति कम प्राथमिकता, सीमित क्षमता र कुष्ठरोग विशेषज्ञता लगायतको चुनौती रहेकोे जनस्वास्थ्यक निरिषक रिसभ श्रेष्ठले बताए ।

१० वर्ष पहिले २०६६ माघमा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा भएको थियो । प्रति १०हजार जनसंख्यामा १ भन्दा कम हुनुलाई निवारण भनिन्छ । कुष्ठरोग मानिसको छाला र स्नायुमा प्रभाव पार्ने रोग हो । कुष्ठरोग आँखाले देख्न नसकिने लेप्रे नामक शुष्म किटाणुबाट सर्ने गर्छ । छाला र स्नायुमा असर गर्ने योे रोगले छालामा रातो तथा हल्का फुस्रो रंगको दाग देखा पर्ने, अनुहारमा छाला बाक्लो हुने , गिर्खाहरु देखा पर्ने तथा स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने साथै मांशपेशीहरु कमजोर हुने लक्षण देखिन्छ । कुष्ठ रोगको खोप अझै सम्म नबने पनि सिमित औषधीको प्रयोगले पहिलो र दोस्रो चरणको कुष्ठ रोगलाई नियन्त्रण गर्न सकिन्छ । यो रोगको उपचार सरकारले निशुल्क रुपमा सबै सरकारी स्वास्थ्य निकायमा गर्ने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!