गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान थपिदै

भैरहवा । नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले कार्तिक २३ गते (शुक्रवार) देखि काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनका अनुसार साताको आइतबार, सोमबार, बुधवार र शुक्रवार राति ९ः३० बजे काठमाण्डौंबाट उडान भर्ने नेपाल एयरलाइन्स करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने तालिका छ । हाल भैरहवा विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्याण्डको वायुसेवा थाइ एयर एशियाले नियमित उडान गर्ने भएको छ ।

थाईल्याण्डको वायुसेवा कम्पनी एअर एशियाले पनि एयरबस ए–३२० बाट भैरहवामा परिक्षण उडान गरेको छ । लामो समयदेखि प्रतिक्षमा रहेको भैरहवा स्थित गौतमबुद्व विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुरु भएपछि उत्साह जागेको छ । कार्तिक २३ गतेदेखि नियमित हप्ताको २ वटा व्यवसायिक उडान गर्ने कम्पनिले आज आइतबार विहान ७ बजे चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

हप्तामा २ वटा उडान गर्ने तालिका तय भएपछि परिक्षणका लागि विमान भैरहवा आएको हो । विमानलाई भैरहवामा पानीको फोहोरले स्वागत गरिएको थियो । केही बेरको बसाईपछि विमान बिहान ७ः४० बजे भैरहवाबाटै बैंकक प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।

‘यो तालिका अनुसारकै फ्लाईट हो । अर्को उडान अब कार्तिक २३ गते शुक्रबार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने छ । २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहिबारदेखि हप्ताको दुई दिन सोमबार र बिहिबार दिउँसो १२ः१५ यहाँ अवतरण गरेर करिब एक घण्टापछि बैंककका लागि उडान भर्नेछ ।’ राउतले भने

भैरहवा विमानस्थलबाट उडान गर्नका लागि केही दिन अघि मात्रै अनुमति पाएको थियो । थाई एयर एसियाले भैरहवाबाट उडान गर्ने प्रतिबद्धतासँगै काठमाडाँैमा पुनःउडान सुरु गर्न अनुमति पाएको छ ।भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुआती भाडादर रु १२ हजार रहेको छ ।यहाँबाट संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई एयरलाइन्स र कुवेतको जजिरा एयरवेजले पनि उडान गर्न लागेका छन् । फ्लाई दुबईले नोभेम्बर ९ तारिखबाट दैनिक रुपमा र कुवेतको जजिरा एयरवेजले नोभेम्बर १० तारिखबाट सातामा तीन उडान गर्न लागेको छ ।

सूचना अधिकारी राउतका अनुसार फलाई दुबई दैनिक १ः४५ बजे दुबईबाट भैरहवामा अवतरण गर्ने र यहाँबाट २ः४५ बजे काठमाडौं हुँदै दुबई जानेछ । त्यस्तै यस अघि पनि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सेवा दिइसकेको जजिरा एयरवेजले सातामा मंगलबार, बिहीवार र शनिवार बिहान ७ः३० बजे भैरहवामा अवतरण गर्ने र ८ः३० बजे कुवेतका लागि प्रस्थान गर्ने तालिका छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!