आजदेखि मौसममा सुधार आउने

तीनवटा वायु प्रणाली एकसाथ सक्रिय हुँदा भएको वर्षा मंगलबारदेखि थामिने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारबाट सुरु भएको वर्षा सोमबार पूर्वी, मध्यसहित पश्चिममा सक्रिय थियो । तर, पश्चिम बंगालआसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव घट्नुका साथै पश्चिमी र स्थानीय वायु पनि कमजोर बनेपछि वर्षा थामिएको हो । 

पोखरामा २४ घण्टामा ४० मिलिमिटर वर्षा भएको छ । ओखलढुंगामा १३, काठमाडौंमा ८.५ र जिरीमा ३.८ मिलिमिटर वर्षा मापन भएको छ । सोमबार दिनभर काठमाडौंको आकाश बादलले ढाकेको थियो । महाशाखाका अनुसार मंगलबार कोशी प्रदेश र देशका पहाडी भू–भागमा बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सफा रहनेछ । मंगलबार कोशी प्रदेश र मुलुकका अन्य पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ ।

पोस्ट मनसुन सुरु भएसँगै अधिकतम र न्यूनतम तापक्रम पनि घट्न थालेको छ । तर, बादल नलागेको दिन भने अझै पनि चर्काे घाम लाग्ने गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष मध्यपुससम्म औसतभन्दा धेरै वर्षा हुने, तर अधिकतम र न्यूनतम दुवै तापक्रम पनि सरदरभन्दा धेरै हुने आकलन गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!