लुम्बिनी प्रदेशका २३ उद्योगकाे लाईन काटियाे

डेडिकेटेड तथा ट्रंक लाइन विवादमा रहेका रुपन्देहीका सबै उद्योगहरुको लाईन काटिएको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा रहेका उद्योगहरुले बिद्युत महशुल भुक्तानी नगरेको भन्दै नेपाल बिद्युत प्राधिकरणले लाइन काटिदिएको हो । प्राधिकरणले बुटवल भैरहवाको पञ्चकन्या करिडोरमा रहेका ११ उद्योग सहित १८ उद्योगको लाईन काटिएको छ ।

बुटवलस्थित नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय मातहतमा रहेका बिद्युत बितरण केन्द्रहरुबाट खटिएका कर्मचारीको टोलीले ति उद्योगको लाईट काटिदिएका हुन् । प्राधिकरणका लुम्बिनी प्रदेश कार्यालय प्रमुख हरिप्रसाद पाण्डेले मुलुकभरिमा लाइन काटिएका ३४ वटा उद्योगमध्ये २३ वटा लुम्बिनी प्रदेशका रहेको बताए । उनका अनुसार बिद्युत लाइन काटिनेमा रुपन्देही जिल्लाका १८ वटा छन् ।

प्राधिकरणलाई भुक्तानी गर्न बाँकी रहेको बक्यौता भुक्तानीका लागि सबै बिरतण केन्द्रबाट पत्राचार भैरहेको र तोकिएको अन्तिम दिन बिहीवारसम्म पनि भुक्तानी नगरिएका ति उद्योगको बिद्युत लाइन काटिएको उनले बताए ।

बिद्युत लाइन काटिएका उद्योगहरुमा परासी बितरण केन्द्र अन्र्तगतका सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट र लक्ष्मी स्टिल छन् । बुटवल बितरण केन्द्र अन्तर्गतका २ वटा जि।बि। टेक्सटाइल उद्योग छन् । अमुवा बितरण केन्द्र अन्तर्गतका अर्घार्खाची सिमेन्ट लि। र बिशाल सिमेन्ट छन् । भैरहवा बितरण केन्द्र अन्तर्गतका एभरेष्ट रोलिङ मिल, बिनायक स्पात प्रालि, जगदम्बा सिन्थेटिक्स, एसआर फुड्स, घराना फुड्स र सिद्धार्थ पेटप्लाष्ट उद्योग छन् ।

नयाँमिल बितरण केन्द्र अन्तर्गतका गोयन्का फुड्स रुपन्देही, भलवारी स्वचालित चामल कारखाना, श्याम प्लाष्टिक उद्योग, पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज, पञ्चकन्या स्टिल इण्डष्ट्रिज र शुभ लक्ष्मी पोलिमर्श उद्योग छन् । दाङमा सोना सिमेन्ट र घोराही सिमेन्टको लाइन काटिएको छ ।

बिद्युत लाईन काटिएका मध्ये बुटवल भैरहवा स्थित पञ्चकन्या करिडोरका ११ वटा उद्योगले बिद्युत महशुल नबुझाउने अडान राखेका छन् । आफुहरुले माग पनि नगरेको र प्रयोग पनि नगरेको डेडिकेटेड तथा ट्रंक लाइनको नाममा बिल पठाईएको बिद्युत महशुलको रकम नतिर्ने बताएका छन् ।

पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज तथा पञ्चकन्या स्टिल इण्डष्ट्रिजका महाप्रबन्धक देवेन्द्र साहुले ११ उद्योगले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग नगरिएको हुदाँ बिद्युत महशुल नबुझाउने बताए । उनले विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले आन्तरिक भार मिलान गर्ने क्रममा बुटवल भैरहवा करिडोरका उद्योगलाई माग नगरिकनै ट्रंक लाइनमा समावेश गरेको भन्दै महशुल तिर्न नसकिने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!