भैरहवा । रगतको अभावको परिपूर्ति गर्न सिद्धार्थनगर २ मेउडिहवामा खुला रक्तदान कार्यक्रम गरिएकोे छ ।
रगतको अभावले नै कसैको ज्यान जान नपाओस, रगतको संचितिमा सहयोग पुगोस भन्दै नेपाल रेडक्रस सोसाइटी बेलहिया उप शाखाको समन्वयमा सामुदायिक धर्मशाला संरक्षण समित मेउडिहवाको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । शनिबार धर्मशाला परिसरमा भएको कार्यक्रममा ३२ जनाले रगतदान गरेको धर्मशाला संरक्षण समितिका अध्यक्ष श्याम कोहारले जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिका २ नम्बर वडा कार्यालयको सहकार्यमा भएको रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि २ नम्बर वडा कार्यालयका अध्यक्ष छेदीलाल श्रीवास्तवले वर्तमान परिपेक्ष्य अनुसार युवाहरुको नेतृत्वले आवश्यकता अनुसार सराहनीय र उदाहरणीय काम गरेको बताए । रगतको अभावमा अकालमा मानिसको ज्यान जान सक्ने भएकाले यो रक्तदान कार्यक्रम समाजका लागि उदाहरणीय कार्य भएको र रक्तदान सम्बन्धि चेतनाको विकास भएको बताए । सबै भन्दा ठूलो दान रक्तदान भएकोले रक्तदानलाई गाउ तथा विकट ठाँउमा पनि लग्दै शैययामा छटपटाइरहेका व्यक्तिलाई रगतदान गरेर जिवनदान दिनु पर्ने बताए ।
सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटी बेलहिया उप शाखाका सभापति राकेश गुरुङ, वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव भोला, वडा नम्बर ३ का अध्यक्ष नारायण उपाध्याय, वडा नम्बर ७ का अध्यक्ष दामोदर शर्मा घिमिरे लगायतले शरीरबाट खेर जाने रगत वर्षको ४ पटक सम्म दान गर्न सके शरीर पनि हल्का हुने र जिवनदान पनि गर्न सकिने बताए । रगत अभावलाई महशुश गरेर वडाको सहयोगमा पुण्य काम भएकोले यसलाई निरन्तरता दिदै युवाहरुले गाँउ गाँउमा चेतनाको विकास हुने बताए । रामप्रसाद काेहारकाे स्वागत तथा विरेन्द्र काेहारकाे संचालनमा भएकाे रक्तदानमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले गरेको थियो ।
