दोस्रो वडाकप फुटबल प्रतियोगिता सुरु

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा बुधबारदेखि दोस्रो वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । सिद्धार्थनगर ४ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उत्तरतर्फ रहेको प्रांगणमा खेल सुरु भएको प्रतियोगिताको रुपन्देहीको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्घाटन गरेका छन् ।

सो अवसरमा बोल्दै प्रजिअ अर्यालले स्वास्थ्यसँगै अनुशासनका लागि पनि खेल आवश्यक रहेको बताए । उनले भने, ‘यो सिर्जनात्मक कार्यको सुरुवात गर्ने सिद्धार्थनगर वडा नम्बर ४ को टीम तथा प्रोत्साहन र हौसला प्रदान गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादवले खेलाडीको प्रोत्साहन र खेलकुद क्षेत्रको विकासका लागि दोस्रोपटक फुटबल प्रतियोगिता आयोजना गरिएको बताए । सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहेका यादवले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रुपन्देही जिल्लालाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

सिद्धार्थनगर–४ का वडा सदस्य तथा कार्यक्रम संयोजक हरि बहादुर केसीको स्वागत तथा कम्प्युटर अपरेटर कल्पना खनालको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, फुलबारी सेवा समाजका अध्यक्ष हुकुराम गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा श्री तमु समाज, श्री दुर्गा शिव तथा कृष्ण मन्दिर सञ्चालक समिति, सिद्धार्थ बौद्ध गुम्बा, फुलबारी सेवा समाज, दोगहरा फ्रन्ट्रस, ढाक्रे खेलकुद तथा साँस्कृतिक परिवार र वडा नम्बर ४ कार्यालय कर्मचारी गरी ७ वटा टीमको सहभागीता रहेको आयोजकले जनाएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!