कस्ताे छ देशको आर्थिक तथा वित्तीय स्थिति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले मंगलबार चालू आर्थिक वर्ष २०८१र८२ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको हो।

चालू आर्थिक वर्षको दोस्रो महिनामा विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स १५।२ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब नाघेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा १८।७ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा नेपालको विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो।

त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ।

चालू आर्थिक वर्षको पहिलो महिना विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स १८ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको थियो।

त्यस्तै, भदौ महिनामा मुद्रास्फीति ३।८५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८।१९ प्रतिशत रहेको थियो। गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा महंगी घटेको छ।

त्यस्तै, भदौ महिनासम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५।०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३।१९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९।७७ प्रतिशत र ७।१९ प्रतिशतले वृद्धि भएको थियो।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०।८० प्रतिशत, तरकारीको ९।८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९।३४ प्रतिशत र फलफुलको ४।९४ प्रतिशतले बढेको छ।​ मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क २।६९ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना(साउन र भदौ) मा कुल विदेशी विनिमय सञ्चिति ५।५ प्रतिशतले वृद्धि भइ २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको छ।

अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ५ प्रतिशतले वृद्धि भई १६ अर्ब ४ करोड पुगेको छ।

त्यस्तै, कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा १९ खर्ब २८ अर्ब ९९ करोड रहेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब २३ अर्ब ५३ करोड रहेको छ।

भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२।१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

चालू आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६।८ महिनाको वस्तु आयात र १३।७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।

भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरू क्रमशः ३७।७ प्रतिशत, ११४।४ प्रतिशत र ३०।८ प्रतिशत रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!