काठमाण्डौ । आज अक्टोबर १५, विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘किन सफा हातहरू अझै महत्त्वपूर्ण छन्रु’ भन्ने नाराका विश्व हात धुने दिवस विश्वव्यापी मनाइँदैछ ।
यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो । साबुनपानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवम् निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनले देखाएका छन् ।
साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् । चिकित्सकहरूका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्छ । साथै बालबालिकालाई घरमा नै साबुनपानीले हात धुने बानी बसाल्नुपर्दछ ।
जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस)जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो । साबुनपानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउन सकिने बताइएको छ ।
यही चेतना अभिवृद्धि गर्न यो दिवस मनाइन्छ । नेपालमा सन् २००८ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो । साबुनपानीले हात धुने कामलाई सबैभन्दा सस्तो खोपका रुपमा पनि लिइन्छ । डाक्टरहरुका अनुसार साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धुनुपर्छ ।
विभिन्न सङ्क्रमण फैलिन नदिन नियमित रुपमा साबुन पानीले हात धुनु सबैभन्दा सर्वसुलभ,सजिलो र महत्त्वपूर्ण उपाय भएको उनीहरुको भनाइ छ । तर अझै पनि ९० प्रतिशत मानिस हात स्वच्छताबारे अनभिज्ञ रहेका नेपाल स्वास्थ्यका लागि पानी को योजना तथा अनुगमन शाखा प्रमुख डा।महेश्वर प्रसाद यादवले बताए । हात धुने चेतना अभिवृद्धिका लागि नेपालमा अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।
