देशभर चिसो बढ्यो

नेपालमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेकामा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले विभिन्न ठाउँमा बदली र वर्षासँग चिसो पनि बढेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् ।

अस्ति आइतवार असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि बेलुका र बिहान निकै चिसो महसुस हुने गरेको छ । काठमाण्डौ उपत्यकामा पछिल्लो एकहप्तामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाण्डौको न्यूनतम तापक्रम २० डिग्री सेल्सिय हाराहारी रहेकामा त्यसको एकहप्तापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ ।

अस्ति आइतवार काठमाण्डौको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्री सेल्सिय पुगेको थियो भने हिजो सोमवार १६ डिग्री सेल्सिय पुगेको थियो । काठमाण्डौसहित देशका धेरै ठाउँमा तापक्रम घटेको छ । पोस्ट मनसुनपछि चिसो मौसम शुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई ठाउँमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!