युनिभर्सल मेडिकल कलेजमा मानसिक स्वस्थ्य विषयक गोष्ठी सम्पन्न

भैरहवा ।   ‘विश्व मानसिक स्वास्थ्य दिवस’को अवसरमा यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’  विषयक गोष्ठी सम्पन्न भएको छ ।
निरन्तर मेडिकल शिक्षा (सि.एम.ई.) अन्तर्गत ‘नशा तथा मानसिक रोग विभाग’को आयोजनामा भएकाे गाेष्ठीमा  ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’  विषयमा विभिन्न विज्ञहरुले कसरी काम गर्ने वातावरण मैत्रीपूर्ण, सम्मानजनक, अपनत्व महशुस गर्ने तथा सुमधुर बनाउने भन्ने विषयमा केन्द्रित भएर आफ्ना भनाईहरु राखेका थिए ।
यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका ‘नशा तथा मानसिक रोग विभाग’ प्रमुख प्रा.डा.सन्दिप सुवेदीको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा.अनमोल बन्धु कार्कीले स्वागतका साथ कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन डा.मोहम्मद नसिम अकरम मिकरानीले गरेका थिए।
कार्यक्रममा मानसिक स्वास्थ्यको महत्व, चुनौती र अवसर, विश्वव्यापीरुपमा यसलाई मनाइने कारण, कार्यस्थलमा मानसिक स्वास्थ्यको भुमिका र प्रभाव लगायतकाे विषयमा मानसिक रोग विभागका आवासिय चिकित्सक डा.शैली श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेकी थिइन ।
यु.सि.यम.यस. शिक्षण अस्पतालका प्राचार्य प्रा.डा.लक्ष्मी पाठकले कुनै पनि व्यक्ति मानसिक रुपमा स्वास्थ्य नभए सम्म उसले आफ्नो काममा पुर्णरुपमा योगदान दिन नसक्ने हँुदा सबैले यसमा ध्यान दिन आवश्यक रहेको बताइन । सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा.साधन मुखी, मेट्रोन विष्णु गुरुङ्ग लगायतको उपस्थिति गोष्ठी सम्पन्न भएको थियो ।
हाल विश्वमा करिब २० प्रतिशत मानिसहरु त्यसमा पनि बच्चा तथा किशोरहरु मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन् भने प्रत्येक वर्ष करिब ८ लाख मानिसहरु आत्महत्या गर्नको लागि प्रयासरत रहने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!