३६ औं झरना रनिङ शिल्डकाे उपाधि लिस्नु युवा क्लबलाई

भैरहवा । ३६ औं झरना रनिङ शिल्ड नकअाउट फूटबल प्रतियोगिताको उपाधी लिस्नु युवा क्लबले हात पारेको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा आयोजक झरना स्पोर्ट्स क्लबलाइ १- ० गोल अन्तरले पाखा लगाउदै उसले नगद ३ लाख ३१ हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको हो । त्यस्तै उपबिजेता बनेको झरना स्पोर्ट्स क्लबले १ लाख ८१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।

खेलको पहिलो हाफ गोल रहित रह्यो । दोस्रो हाफको १३ औ मिनेटमा झरनाका खेलाडीले फल गरेपछी लिस्नु ले पेनाल्टी को अवसर पाएको थियो । अवसरलाइ गोलमा परिणत गर्दै लिस्नुका कप्तान एन्जल महर्जनले गोल गरि टिमलाई अग्रता दिलाए । उक्त गोललाइ बराबरीमा ल्याउन झरनाका खेलाडीले प्रयास गरेपनी गोल प्रहार गर्न सकेनन ।

सेमिफाइनलिस्ट गोर्खा ब्वाइज र जनज्योती एफसीले नगद २५ /२५ हजार पुरस्कार पाउन सफल भए । १६ टिम सहभागी भएको खेलमा रुपन्देही बाहेक कपिलवस्तु , पश्चिम नवलपरासी र स्याङ्जाको वालिङ बाट समेत टिमकाे सहभागिता रहेको थियो ।

खेलमा झरनाका जितेश गुरुङ सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भए । उनले नगद १५ हजार पुरस्कार पाए ।

त्यस्तै, झरनाका कुलदीप क्षेत्रिले बेस्ट डिफेन्सर को उपाधी चुमे । खेलमा लिस्नुका विशाल केसी उत्कृष्ट गोल रक्षक बने । झरनाका सन्तोष खत्री उत्कृष्ट मिड फिल्डर भए भने लिस्नुका बुद्धि पुन उत्कृष्ट प्रशिक्षक भए । खेलमा लिस्नुका सुशील राइले उत्कृष्ट

स्ट्राइकरको पुरस्कार प्राप्त गर्न सके । उनीहरुले जनही १० हजार रुपैयाँ प्राप्त गर्न सफल भए । खेल अवधी भरी अनुशासन मा रहेर खेलेकोमा योङ स्टार मडाहा ले फेयर टिमकाे पुरस्कार पाएको थियो ।
२०२७ सालमा स्थानिय युवा बाट स्थापना भएको झरनाले हरेक वर्ष प्रतियोगिता गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!