विकास नभएकाे भन्दै लुम्बिनीमा घेरे स्थानीय सरकार

भैरहवा । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगायतको मुख्य काम पनि नागरिकले आभाषहुने गरि नभएको भन्दै लुम्बिनीका स्थानीयले नगरपालिका घेराउ गरेका छन ।

लुम्बिनी सास्कृतिक नगरपालिका क्षेत्रका स्थानीयले गरिब परिवार,मजदुर, किसान, व्यावसायीको समस्या सामान्य समस्याहरु समेत समाधान गर्न नगरपालिका चुकेको भन्दै भ्रष्टाचार न्युनिकरण गर्न शिक्षा, स्वास्थ्य लगायतका पुर्वाधारहरुमा सुधार गर्न, चोरी अपराध रोक्न, महिला तथा बालबालिकालाई सुरक्षित पार्न र दुर्घटनावाट बचाउन नगरपालिकाले पहल गर्नु पर्ने स्थानीयहरुको माग हो ।

मंगलबार प्लेकार्ड सहित विरोध ¥याली गर्दै आएका स्थानीयले नगरपालिका कार्यालयमा नाराबाजी गरि नगर प्रमुख, उपप्रमुख र जनप्रतिनिधीलाई सचेत गराउदै ध्यानाकर्षण गराएका छन । निर्वाचित भएको धेरै समय वित्दा पनि साना साना आधारभूत काममा पनि स्थानीयले समस्या पाएको भन्दै स्वतस्फुर्त रुपमा हामी आन्दोलित बनेको स्थानीय युवा कासिम खानले भने । नगरपालिकामा धेरै वेथितीहरु छन, सिंह दरबार गाँउ गाँउ भन्ने तर कार्यान्वयन नगर्ने, साना साना काममा हामी किसान, गरिब, मजदुर, व्यवसायीहरुलाई समेटेर जानुको साटो एकलौटी रुपमा नगरपालिकाले काम नगरेको भन्दै भ्रष्टाचार विरुद्धकै अभियानको रुपमा जनतालाई जागरुक गराउन पनि यो कदम चालेको बताए ।

हामीहरुको मुख्य माग प्रत्येक गाँउ–गाँउमा विधुत सडक बत्ती र सि.सि.टी.भी जडान हुनुपर्ने, बाटो,पुल,भवन,नाली इत्यादी भौतीक संरचना गुण्स्तरीय बनाई टिकाउ हुनुपर्ने, नगरवासीहरुका लागि शुद्ध खाने पानीको व्यवस्थापन हुनुपर्ने, सय युनिट सम्म बिजुली खपत गर्नेको शुल्क मिनहा हुनुपर्ने, किसान बिमा लागु गरि किसान कार्ड मार्फत सहज रुपमा मलखाद्य र विउविजनको व्यवस्था हुनुपर्ने, जनप्रतिनिधी, कर्मचारी, शिक्षकहरुको छोराछोरीहरु अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने , उच्च शिक्षाको लागि छात्रवृत्तिको व्यवस्था, नगरका सम्पूर्ण महिलाहरुको लागि निशुल्क सेनेटरी पैडको व्यवस्था हुनुपर्ने स्थानीयहरुको माग रहेको छ ।

यस्तै स्थानीय जनप्रतिनिधी विरामी हुदा यही उपाचर गर्नुपर्ने, लुम्बिनीको स्वास्थ्य उपचार केन्द्रमा अल्ट्रासाउण्ड र एक्स–रे को व्यवस्थापन हुनुपर्ने, सरकराले तोकेको औषधीको निशुल्क व्यवस्थापन हुनुपर्ने, गरिब तथा विपन्न परिवारको उपचारको खर्चको व्यवस्था हुनुपर्ने, नव जिवन शिशु योजना लागु हुनुपर्ने, फोहोर व्यवस्थापन, व्यवसाय लगायत अन्य करमा कटौती गर्नुपर्ने, दरबन्दी भन्दा बाहिरको कर्मचारी हटाई जनताको करको रकम विकासमा खर्च गर्नुपर्ने, स्थानीयलाई रोजगारी दिनुपर्ने, करारको कर्मचारीलाई हटाई स्थायीलाई राख्नुपर्ने लगायतका माग आन्दोलित स्थानीयले बुदागत रुपमा नगरपालिकासँग माग गरेका छन ।

स्थानीयले यो माग पुरा नभए सम्पूर्ण व्यापारी, मजदुर, किसान तथा सम्पूर्ण गरिब परिवार माथि भएको हानी–नोक्सानी तथा अन्यायको जिम्मेवार लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरले लिनुपर्ने । यथासक्य चाडो यी मागको सम्बोधन नगरे शिक्षा, स्वास्थ्य पूर्वाधारमा ठूलो समस्या सृजना हुने हुदा भ्रष्टाचार न्यूनीकरण गर्न पहिलो चरणमा धर्ना दिने, अन्सन बस्ने र नगरप्रमुखको राजिनामा माग गर्ने कार्यक्रम रहेको छ भने दोस्रो चरणमा केन्द्रमा ध्यानाकर्षण गराउदै विरोध स्वरुप लुम्बिनीबाट काठमाडौं सम्म पैदल यात्रा गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!