नेपाल एएसी ब्लकले पायाे ‘आइएसओ’ मान्यता, ईटाको विकल्प एएसी ब्लक (भिडियाे सहित)

भैरहवा । प्रविधिको विकाससँगै निर्माण काममा पनि परिवर्तन भएको छ । परम्परागत इट्टाको तुलनामा फाइदाजनक भएकाले एएसी ब्लकको माग बढ्दो क्रममा छ । अटोक्लेभ्ड एरेटेड कंक्रिट अर्थात एएसी ब्लक बनाउँदा उर्जाको बचत हुने, आकारमा एकरुपता आउने, टिकाउ, ध्वनि अवरोधक र वातावरण मैत्री हुने भएपछि नेपालमा यसको प्रयोग बढ्दै गएको हो ।

रुपन्देहीमा पनि नेपाल एएसी कम्पनिले ब्लकको उत्पादन सुरु गरि विक्री वितरण गर्दै आएको छ । एएसी ब्लक खरानी, चुना, सिमेन्ट, जिप्सम र आलुमिनियम पाउडर मिलाएर बनाइएको हुन्छ । यसमा तातो र चिसो प्रसार गर्ने क्षमता कम हुन्छ । अर्थात् बाहिरको तातो वा चिसो भित्र कम छिर्छ । जर्मन प्रविधिबाट उत्पादन गरिएको एएसी ब्लक प्रयोग गरेर घर तथा भवन निर्माण गर्दा लागत सस्तो पर्ने, घर निर्माण कार्य छिटो सकिने र आकर्षक देखिने भए पछि यसको प्रयोगमा बृद्धि हुने कम्पनिका संचालक धिरज मल्लीकले बताए ।

एएसी ब्लक रुचाइनुका कारणहरु धेरै रहेका छन् । एउटा ४ इन्च मोटाइको एएसी ब्लक ९ वटा परम्परागत माटोको इँटा बराबर हुन्छ । सामान्यतयाः इट्टाको प्रयोग गर्दा १० देखि १५ प्रतिशत टुटफुट हुने गर्छ तर यसको प्रयोगमा २ देखि ३ प्रतिशत मात्रै टुटफुट हुन्छ । त्यस्तै निर्माणका क्रममा सिमेन्ट खपत कम हुने र अन्य तुलनामा ३० प्रतिशतसम्म सस्तो पर्न जाने संचालक मल्लीकले भने ।

त्यस्तै ब्लकको बाहिरी सतह चिल्लो हुन्छ, प्लास्टर गर्न पर्दैन । सिधै रङ लगाए हुन्छ । आकार एकनासको हुने भएकाले प्रयोग गर्न सजिलो छ । ब्लक संख्या नै कम लाग्ने भएकाले हरेकको जोडाइमा लाग्ने मसला (सिमेन्ट–बालुवाको मिश्रण) इँटाको तुलनामा आधा कम हुन्छ ।

कुनै पनि भवन चाडोभन्दा चाँडो निर्माण सम्पन्न परम्परागत इट्टाभन्दा एएसी ब्लक प्रयोग गर्दा छिटो हुन्छ भने आगोले नटिप्ने भएकाले पनि यो निकै सुरक्षित मानिन्छ । २०७२ सालको भुकम्पपछि नेपालमा यसको प्रयोग व्यापक बन्दै गएको हो । भूकम्प प्रतिरोधी क्षमताका कारण पनि यस्ता ब्लकप्रति उपभोक्ताको विश्वास बढ्दै गएको कम्पनिका प्रविधिक दिपक भट्टराईले बताए । एसीसी ब्लकका लागि नोपलमै ८० प्रतिशत कच्चा पदार्थ उपलब्ध छ भने बाँकी २० प्रतिशत कच्चा पदार्थ आयात गर्नुपर्छ ।

अन्तराष्ट्रिय गुणस्तर प्रमाणीकरणको नेपालका लागि सहजीकरण कम्पनि ग्लोबल कन्सल्टका नेपाल प्रतिनिधी नारायण दवाडीले गुणस्तर प्रमाणित गर्ने नेपाल एएसी कम्पनिलाई आइएसओको लोगो प्रदान गरे । कम्पनिले विभिन्न सूचकहरु पार गरी गुणस्तर मापदण्ड पुरा गर्दै गरेकोले लोगो प्रदान गरेको बताउदै कम्पनिको व्यवसाय अन्तराष्ट्रिय स्तरको बन्ने बताए । विश्वमा ३ करोड ७४ लाख आइएसओ प्राप्त छन भने नेपालमा १३ सय बढि आबद्ध भई प्रमाणिकरण पाएका छन भने ७ सय वटा प्रक्रियामा रहेको बताए । धेरै सूचकहरु रहेको गुाण्स्तर प्रमाणिकरणका लागि मापदण्डमा रहनु पर्छ ।

नेपालमा पनि ठूला निर्माण कार्यमा यो ब्लककको प्रयोग बढ्दो छ । करिब आधा दर्जन कम्पनिले नेपालमा यस्को उत्पादन गर्दै आएका छन भने हामी निर्यातको तयारीमा रहेको नेपाल एएसी कम्पनिका अध्यक्ष प्रमोद यादवले बताए । ८० देखि १०० वर्ष आयु रहेको ब्लक ३ पूसता सम्म चल्छ, हामीले आइएसओ पनि प्राप्त गरेका छौ, पूर्ण क्षमतामा उत्पादन गरी छिमेकी देश भारतको नजिकैको बजारमा निर्यात गर्ने प्रक्रियामा रहेको यादवले भने ।

कम्पनिले एएसी ब्लक २४ इन्च (दुई फिट) लम्बाइ र ८ इन्च उचाइमा विभिन्न ३ वटा साइज ४, ६ र ८ इन्च मा उपलब्ध गराएको छ । कम्पनिले छिटै आवश्यकताको अनुसार साना र बढि चल्ने आकारमा पनि उत्पाद गर्ने योजना बनाएको अध्यक्ष यादवले भने

एएसी ब्लक प्रयोग गर्न सजिलो र सस्तो पर्ने भएपनि आम उपभोक्तालाई अझै जानकारी गराउन बाँकी रहेको कम्पनिले जानकारी दिएको छ । एएसी ब्लक पनि माटोको जस्तै इँटा हो, माटोको इँटाभन्दा बढी बलियो र किफायती हुन्छ भने सम्झाउन जरुरी छ , ब्लक भन्ने वित्तिकै कंक्रिटकै बुझने भएकोले यसलाई आम जनमानसमा चिर्न जरूरी रहेकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत साजन भट्टराईले बताए ।

धेरै फाइदा हुँदाहुँदै पनि एएसी ब्लकका केही बेफाइदा पनि छ । एएसी ब्लकमा भारवहन क्षमता माटोको इँटाका तुलनामा कम हुन्छ । त्यसैले घरको जगमा यो प्रयोग गर्न मिल्दैन । ३–४ वर्ष अगाडी विदेशबाट आयात गरि नगन्य मात्रामा प्रयोग भैरहेको एएसी आजको दिनमा स्वदेशमै कम्पनिले उत्पादन गरि उपभोक्ता माझ पुर्याईरहेका छन् । एएसीको बजार हिस्सा दिनानुदिन तिब्र गतिमा बढिरहेको छ भने सर्बसाधारण मानिसहरुमा पनि एएसी प्रयोग प्रतिको आकर्षण बढ्दो छ । एएसी ब्लकहरु आवासीय भवन, औद्योगिक भवन, व्यापारिक भवन, कार्यालय भवन, हस्पिटल, पर्खाल, थिय्रटर, विद्यालय, कलेज लगायत निर्माण गर्न प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!