श्रीलंकन पूर्व राष्ट्रपती गोटावायलाई लुम्बिनीमा स्वागत

लुम्बिनी । श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले खादा लगाएर पूर्व राष्ट्रपतीलाई स्वागत गरेका हुन् । उपाध्यक्ष डा. लामाले स्वागत गर्दै श्रीलंकासँग नेपालको सम्बन्ध निकै पूरानो रहेको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीले त्यो सम्बन्ध अझ प्रगाढ बनाएको बताए । 
 
उनले लुम्बिनी क्षेत्रमा शाक्यमुनी बुद्धसँगै कक्रुछन्द र कनकमणि गरी तीन वटा बुद्धको जन्म भएकाले निकै महत्वपूर्ण स्थल रहेको बताए । उनले लुम्बिनीसँग श्रीलकाको सम्बन्ध पनि निकै पूरानो रहेकाले यहाँको विकासमा सहकार्य गर्न सधै तयार रहेको बताए । उपाध्यक्ष लामाले लुम्बिनीलाई लक्षित गरी गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि समेत अनुरोध गरे । राजापाक्षेसँगै श्रीलंकाका लागि नेपाली राजदुत सुदर्शना पाथिराना समेत सहभागी थिए ।
 
पूर्वराष्ट्रपती राजापाक्षेत्रलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतका कर्मचारीहरुले स्वागत गरे । उक्त अवसरमा कोषका सदस्य सचिव शाक्यले लुम्बिनीमा पूर्वराष्ट्रपतीको भ्रमणले आफूहरुलाई उत्साही बनाएको बताए । उनले बुद्धजन्मस्थल लुम्बिनीमा श्रीलंकाले शुरुवाती चरणमै विहार निर्माण गरेकोमा धन्यवाद दिदै यो सहकार्य रहिरहने बताए । 
 
त्यस्तै  बरिष्ठ निर्देशक ज्ञानिन राईले श्रीलंकन मन्दिरको पुर्ननिर्माणका लागि अनुरोध गरे ।
स्वागत कार्यक्रमपछि पूर्वराष्ट्रपती राजापाक्षेले मायादेवी भ्रमण गरे । श्रीलंकनहरु लुम्बिनी निकै श्रद्धाका साथ आउने भएकाले पूर्व राष्ट्रपतीले महत्वका साथ मायादेवी भ्रमण गरेको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए । परिवार सहित आएका राजापाक्षेले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलन समेत गरेका थिए । शुक्रबार अपरान्ह लुम्बिनी आइपुगेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षे झरीको प्रवाह नगरी मायादेवीको श्रद्धाभत्तीका साथ दर्शन गरेका हुन् । 
 
निरन्तरको बर्षाले हिडडुल गर्न समेत असहज भएको बेला पूर्वराष्ट्रपती राजापाक्षेले बुद्धजन्मस्थल लुम्बिनीमा पाईला टेक्न पाउनु जीवनकै ठूलो उपलब्धी भएको बताए ।  उनले मायादेवी मन्दिर, जन्मस्मारक शिला, मायादेवी मूर्ती, पुष्पकरणी पोखरी, अशोक स्तम्भका बारेमा जानकारी लिँदै भ्रमण गरे । 
 
कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनी र मायादेवी मन्दिर र लुम्बिनीको महत्वबारे विफ्रिङ गरेका थिए । यस्तै बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेतीले पुरातात्विक महत्व र मायादेवी मन्दिर परिसरका संरचनाबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!