भैरहवा । नवलपरासी जुडाकी ७ विर्षया वालिका सृष्टी लोनिया साथीहरुसंग खैल्दा खेल्दै भुईमा लडिन । सामान्य होला भनेर उनकी आमा सुग्गी लोनियाले सृष्टी लडेको विषयलाई गम्भिर रुपमा लिईनन् । तर सृष्टी एकोहो रुन थालेपछि बल्ल थाहा भयो की सृष्टीको देब्रे हात कुशिनाबाट भाचिएको रहेछ । छोरीले हात चलाउन नसकेपछि नजिकैको बजार परासी एक मेडिकलमा उनले छोरीलाई बोकेर पुगिन ।
मेडिकलमा एक्सरे गरेर हेर्दा सृष्टीको हात भािचिएकोले प्लास्टर गर्न स्वास्थ्यकर्मीले सुझाए । लगतै उनको प्लास्टर गरियो र आवश्यक औषधी लिएर सृष्टी र उनकी आमा घर पुगे । राति औषधी खाएर सुत्न विस्तरामा गए तर सृष्टी हातको दुखाई झन बढ्दै जान थालेकोले छटपर्टिीन थालिन । जसोतसो रात काटे । छारी झन पछि झन रुन र चिच्याउन थालेपछि उनको हात हेर्दा त औला कालै भएका र हात अस्वभाविक रुपमा सुन्नीएको रहेछ । फेरी उनीहरु त्यही मेडिकलमा पुगे । सृष्टीकी आमा सुग्गी भन्छिन् त्यहाबाट बुटवल पठायो र बुटवलबाट युसिएमएस भैरहवा ।
धेरै ठाउं चहारेपछि बल्ल अन्तिममा उनी भैरहवास्थित मेडिकल कलेजमा पुगिन । त्यहां सृष्टीको शल्यक्रिया पछि धेरै आराम भएको पनि उनले सुनाईन् । उनी भन्छिन् सुरु मै भैरहवा मेडिकल कलेज ल्याएको भए छोरीले यति धरै दुख पाउंथिन र खर्च पनि कम हुथ्यो ।
गत आईतबार युसिएमएस रेफर भएकी सृष्टीको हाडजोर्नी तथा नशा रोग विषेशज्ञ सर्जन डा.धन बहादुर कार्कीको नेतृत्वमा शल्यक्रिया गरिएको छ । उनको सुरुको प्लास्टर धरै टाईट भएका कारण रक्त संचार हुन नपाउंदा हात सुन्निएको र औला कालो भएकोले आकस्मिक शल्यक्रिया गरिएको डा. कार्कीले बताए ।
प्लास्टर गर्नेक्रममा कहिले काही यस्ता समस्या आउन सक्ने भन्दै उनले यस्तो अवस्थामा आकस्मिक शल्यक्रिया गर्नुपर्ने भएकोले सकभर सम्बन्धीत विषेशज्ञ सेवा भएको अस्पतालमा पुग्न सके धरै राम्रो हुने उनको भनाई छ । सृष्टीको पनि आकस्मिक शल्यक्रिया गरी उनको हात बचाउने पुरा प्रयासमा रहेको उनले बताए । यसरी सर्वसाधारणले ठुलो अस्पताल र विष्शेषज्ञ सेवाको बारेमा महत्व नबुझ्दा कहिलेकाही पछुताउनु पर्ने घटना धरै छन् । सामान्यदेखि जटिल प्रकृतिका शल्यक्रिया गर्न विरामीलाई आकस्मिक कक्ष, आईसियु, सिसियुको आवश्यक पर्न सक्छ । यस्तो समेयमा अस्पताल चाहार्दा चाहर्दै विरामीको ज्यान समेत जान सक्छ त्यसैले स्वास्थ्य सेवा लिदा सबै विषयमा ध्यान दिनु युसिएमएस भैरहवाका जनसम्पर्क अधिकृत शुसिल गुरुङ्ग बताउंछन् । युसिएमएसमा अहिले दैनिक एक हजारको हाराहारीमा ओपिडी सेवा लिन विरामीहरु पुग्ने गरेका छन् ।
