जिल्ला स्तरीय स्नुकर प्रतियोगिता भैरहवामा सुरु १२८ जना सहभागी

भैरहवा । भैरहवामा आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता सुरु भएको छ । भैरहवा स्थित क्रेजि क्यु क्लब हाउसमा रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

आइतबार पूर्व प्रतिनिधी सभा सदस्य प्रमोद यादवले ब्रेक गरी प्रतियोगिता सुभारम्भ गरे । सो अवसरमा बोल्दै यादवले अरु खेलहरु जस्तै स्नुकर खेलको पनि ठूलो महत्व रहेकोले अन्य इनडोर कवर्ड ल जस्तै जिल्ला स्तरको कवर्डहल बनाउन जरुरी रहेको बताए । यो खेल बाहिर नखेलिने भएकोले यस्को प्रचारमा कमि भएकोले नै यस प्रति आम नागरिकको सोचाई गलत रहनु स्वाभविक भएकोले यसलाई यहाँका खेलाडीहरुले चिर्दै लैजानु पर्ने बताए । आफुले यहाँ स्नुकरको कवर्डहल निर्माणका लागि पहल गरी स्थानीय तहलाई पनि सहकार्यमा ल्याउने प्रतिबद्धता जनाए ।

सो अवसरमा बोल्दै विशिष्ट अतिथी तथा तेकवान्दोका राष्ट्रिय खेलाडी कोशिष बहादुर खड्का। पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सल्लाहकार सुरज मकाजुले स्नुकरबाट राष्ट्रको प्रतिनिधित्व हुने गरी खेलाडी उत्पादन भएपनि खेलबारे सबैलाई बुझाउनु पर्ने, स्नुकर खेल विश्वमा पुरानो र प्रतिष्ठित खेल भए पनि नेपालमा ओझेलमा परेको अन्य खेल जस्तै स्नुकर पनि राष्ट्रिय खेलमा समावेश हुनुपर्ने, जिल्ला र प्रदेश स्तरमा संघहरु मार्फत प्रतियोगिताहरु आयोजना गर्दै गए उत्कृष्ट खेलाडीहरु उत्पादन हुदै जाने बताए ।

यसअघि संघको आयोजनामा सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा भइसकेकामा यसपटक भैरहवालाई प्राथमिकता दिई पहिलोपटक नारायणथान स्थित क्लबमा जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष सुजन पुनले बताए ।

संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले विभिन्न रुपन्देही सहित ३ वटा जिल्लाका १२८ जना खेलाडी प्रतियोगितामा सहभागी भएकोे बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ६१ हजार रुपैया, तथा उपविजेताले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि सार्वधिक ब्रेकरले नगद १० हजार रुपैया, कपबाट पुरस्कृत गरिने खेल संयोजक थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!