लुम्बिनीबाट शुन्यतिको सन्देश, साधाना र ध्यानबाटै शान्ति र समृद्धि प्राप्त हुन्छ

भैरहवा, असोज ५ ।  विश्व शान्तिको अवसरमा शान्ति र समृद्धिको कामना गर्दै लुम्बिनीमा हजारौ व्यक्तिहरु साधानामा उत्रिएका छन् ।
शुन्यति अन्र्तराष्ट्रिय फाउण्डेशन (एसआईएफ) को आयोजनामा भएको चौथो अन्तराष्ट्रिय मेगा रिट्रिटमा नेपालका सात वटै प्रदेश एवम् भारतका विभिन्न स्थानबाट ६ हजार बढीको उपस्थिति रहेको थियो । अन्य कार्यक्रममा महिलाहरुको सहभागिता न्युन देखिएपनि यस कार्यक्रममा भने नेपाल तथा भारतका महिला सहभागीको संख्या उल्लेख्य देखिन्थ्यो ।
गौतमबुद्धको शिक्षालाई विश्वमा फैलाउन र ध्यानको माध्यमबाट मन स्थिर र शान्त राखि सुख र शान्तीको अनुभूति गराउने उद्देश्यले शुन्यतिले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रम अघि संस्थाले पत्रकार सम्मेलनको आयोजना गरी गौतमबुद्धको सन्देश मार्फत नेपाल र भारतको साझा संस्कृतिलाई जोडदै विश्व शान्तिको कामना सहित कार्यक्रम गर्न लागिएको जानकारी गराएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै फाउण्डेशनका निर्देशक डा. राजेश सवेराले गौतमबुद्धलाई मानिसका लागि ज्ञानको शिक्षक भएको बताए । उनले भने “बुद्धको उपदेश र सन्देशबाटै विश्व शान्ति र समृद्धि सम्भव छ । बुद्धले हामीलाई सिकाउनु भयो कि ज्ञान नै तपाईको दुखहरुको मुक्तिको मार्ग हो । ज्ञानको लागि ध्यान पद्दतीको पनि उहाँले विकास गर्नुभयो । ध्यानले मानिसलाई सधै समृद्धिको मार्ग पाईने कुरा पनि बताउनुभयो ।” सवेराले भने “यहि कुरालाई सिकाउनको लागि लुम्बिनी नै एकमात्र उपयुक्त ठाउं हो त्यसैले बुद्धप्रतिको सच्चा श्रद्धाको लागि यो कार्यक्रमको आयोजना लुम्बिनी मै गरेका हौ ।”

लुम्बिनीस्थित अन्तराष्ट्रिय सम्मेलन एवम् ध्यान सभाहलमा आयोजना गरिएको कार्यक्रममा उपस्थित हजारौंले एकसाथ शुन्याभ्यास गरेका थिए । कार्यक्रममा शुन्यता अभ्यास र भगवान बुद्धको उपदेश र सन्देशको प्रसार गर्दै संस्थाका निर्देशक तथा मार्गदर्शक आयुर्वेदिक चिकित्सा तथा फिजियोथेरापिस्ट डा राजेश सवेराले शुन्यताको ध्यानाकर्षण गर्दा आफूभित्र शान्ति र आनन्द प्राप्त हुने बताए । स्वस्थ मन नै समृद्धिको आधार भएको बताउंदै एकताबाट समृद्धि प्राप्त हुने उनको भनाई थियो । ध्यानले आनन्द ल्याउनु पर्छ । यदि ध्यानले सुख दिँदैन भने त्यो ध्यान होइन भन्ने डा. सवेराको भनाई छ
कार्यक्रमका सहभागीहरुले ध्यान र साधनाका आधारभूत क्रियाकलापहरू जुनसुकै जात, धर्म, सबैले ध्यान गर्नुपर्छ भन्ने जानकारी लिएका थिए । स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसकेको बताउंदै ध्यानाचार्य नागजीवले अनलाईन मार्फत आफ्नो सन्देश दिदै भगवान बुद्धलाई शिक्षक र गुरु मानेको बताए । “हामीले बुद्धका सन्देशहरूमा मनन गर्नुपर्छ । जसमा हामी सुखको अनुभूति गर्छौं ।” उनले भने
विश्वमा शान्ति र समृद्धिको प्रवद्र्धन गर्न बुद्धका सन्देश र शिक्षालाई आत्मसात गरी शून्यताको ध्यान गर्नु महत्वपूर्ण भएको उनले बताए । कार्यक्रमको ४० देशमा प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।
समग्रमा चौथो रिट्रिट रहे पनि लुम्बिनीमा गरिएको यो दोश्रो रिट्रिट कार्यक्रम हो । बाँकी २ वटा रिट्रिट कार्यक्रम भारतको बोधगयामा गरिएको थियो । कार्यक्रमलाई निरन्तरता दिदै आगामी वर्षहरुमा अझै बढी र उत्साहजनक सहभागीता सहित कार्यक्रम गरिने आयोजकले जनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!