भैरहवा । नेपाल वैश्य युवा संघ जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवा सिद्धार्थनगर नगरपालिका–४ स्थित राम जानकीहनुमान परिसरमा वृक्षारोपण कार्यक्रम गरेको सम्पन्न गरेको छ । पर्यावरणको रक्षा गर्न संस्थाको सामाजिक उत्तरदायित्व अन्तरर्गत वृक्षारोपण गरिएको कार्यक्रम संयोजक विष्णु रौनियारले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल वैश्य युवा संघ लुम्बिनी प्रदेशका संयोजक अमित कुमार गुप्ताले वैश्य समाज एकजुट हुन आवश्यक रहेको बताए । उनले भने, ‘जसरी विरुवा रोपेर यसको संरक्षण गर्छौं, त्यसरी समाजलाई बलियो बनाउनुपर्छ । श्री राम जानकी हनुमान मन्दिरमा सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
वैश्य युवा संघ रुपन्देहीका अध्यक्ष तारकेश्वर कान्दुले भने‘आजको यो उपस्थितिले निकै खुसी भएको छु । आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्छौं । ’ मन्दिर परिसरमा ६० वटा विरुवा रोपिएको अध्यक्ष कान्दुले जानकारी दिए ।
कार्यक्रममा रौनियार समाजका अध्यक्ष तथा श्री राम जानकी हनुमान मन्दिर समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियार, समाजसेवी तथा उद्योगी भैरव प्रसाद कलवार, नेपाल वैश्य युवा संघका केन्द्रीय सल्लाहकार राजेन्द्र गुप्ता, वैश्य युवा संघ, रुपन्देहीका सल्लाहकार श्रीराम गुप्ता, साहू–तेली कल्याण सेवा समिति रुपन्देहीका वरिष्ठ उपाध्यक्ष त्रिलोकी प्रसाद गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ,रुपन्देहीका कार्यसमिति सदस्य कैलाश गुप्ता, समाजसेवी मनोज अग्रहरी, मनोज कान्दु, रमेश चौरसिया लगायतको उपस्थिति रहेको थियो । वैश्य युवा संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष गणेश गुप्ताको स्वागत तथा जिल्ला कोषाध्यक्ष दुर्गा प्रकाश गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
