विश्व शान्ति र समृद्धिको सन्देश प्रवाह गर्न लुम्बिनीमा अन्तराष्ट्रिय सेमिनार हुदै

भैरहवा, असो ३ ।  बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तराष्ट्रिय स्तरको विशाल सेमिनार आयोजना हुने भएको छ ।
भगवान गौतमबुद्धको उपदेश र सन्देश मार्फत विश्व समुदायमा शान्ति र समृद्धिलाई बढावा दिदै नेपाल भारतको सांस्कृतिक सम्वन्धलाई मजबुद बनाउने उद्देश्यले लुम्बिनीमा एकदिने सेमिनारको आयोजना गरिन लागेको आयोजक संस्था शुन्यति ईन्टरनेश्लन फाउण्डेशन( एसआईएफ) का सदस्य विजय कुमारले जानकारी दिएका छन् ।
आयोजक समितका सदस्य समेत रहेका विजय कुमारका अनुसार २१ सेप्टेम्बर २०२४ अर्थात असोजको ५ गते शनिबारका दिन भव्य शान्ति समारोहको आयोजना गरिदैछ ।
कार्यक्रममा नेपाल र भारतबाट गरी करीब ६ हजार बुद्धका अनुयायीहरु उपस्थित हुनेछन् भने सो कार्यक्रमको विश्वका ४० बढी देशमा प्रत्यक्ष प्रशारण गरिने आयोजक संस्थाले जनाएको छ ।
संस्थाले विश्वभर मानव जातिको शान्ति र समृद्धिको कामना सहित बुद्धको उपदेशलाई संसारभर फैलाउनका लागि पहल गर्दै आईरहेको छ ।
मानव जातिका महान शिक्षक भगवान गौतमबुद्धको महिमा बढाउनका लागि बुद्धप्रति समर्पित हुन सो अभियान थालिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!