एमाले लुम्बिनी साँस्कृतिक नगर कमिटीको अध्यक्षमा ज्ञवाली चयन

भैरहवा, ३ असोज ।
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) लुम्बिनी साँस्कृतिक नगर कमिटी, रुपन्देहीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बुधबार लुम्बिनीमा भएको अधिवेशनले गोविन्द प्रसाद ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

कमिटीको उपाध्यक्षमा मन्जु ढकाल, सचिवमा वसिउद्दीन मुसलमान, उपसचिवमा विन्देश्वरी कहार र सरिता श्रीवास्तव रहेका छन् ।

अध्यक्षमा जिम्मेवारी पाएका ज्ञवाली लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष, सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष लगायत विभिन्न संघ–संस्थामा आबद्ध छन् ।

अधिवेशनको एमाले पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले उद्घाटन गरेका थिए । कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य तथा राष्ट्रिय सभाका पूर्व सदस्य खिमलाल भट्टराईलगायत नेताहरुले बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!