भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले सताब्दी महिला तथा पुरुषलाई सम्मान गरेको छ ।
१० औं संबिधान दिवसको अबसरमा सियारी भित्र स्थायि बसोबास गर्दै आएका ६ जना सताब्दी महिला तथा पुरुषलाई सम्मान गरिएको हो ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थीले दोसल्ला, प्रमाणपत्र तथा उपहार दिएर सम्मान गरेका हुन् ।
सियारीले ११९ बर्षिय औतारी थारु, १०५ बर्षिय केवला मल्लाह चाई, समुनरी चमार, १०२ बर्षिय सुकु कुमाल, जसोधरा थारु र १०१ बर्षिय श्री थारुलाई सम्मान गरेको हो ।
प्रजातन्त्र तथा लोकतन्त्र प्राप्तीका लागि सताब्दी पुरुषहरुको महत्पुर्ण योगदान रहेको भन्दै उनीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको पालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । सियारीले संबिधान दिवसको अवसरमा उनीहरु सहित लोकतन्त्रमा योगदान पुर्याउने नागरिक, उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा सामुदायिक बिद्यालयमा अध्ययनरत गरिव तथा जेहन्दार बिद्यार्थीहरुलाई पनि सम्मान गरेको छ ।
