भैरहवा । संविधान दिवसको अवसरमा सैनामैना नगरपालिका वडा न-४ लेडुवा बार्हबिगाह (सिमसार क्षेत्र) पोखरीको खालि जग्गामा संविधान दिवस मुल समारोह समिति रुपन्देही, सैनामैना नगरपालिकाको कार्यालय, सबडिभिजन बन रुपन्देहीको, आयोजनामा बृक्षारोपण कार्यक्रम गरिएको छ।
जिल्ला समन्वय समिति रुपन्देहीका सभापति उमाकान्त चापागाईको सभापतित्व सैनामैना नगरपालिकाका प्रमुख फडेन्द्रप्रसाद शर्माको आतिथ्यता रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सहायक प्रमुख जिल्ला अधिकारि चिरञ्जीवी राना जिल्ला बन कार्यालयका प्रमुख प्रबिन बिडारि जिल्ला प्रहरि कार्यालय का प्रमुख रन्जित सिह राठौर शशस्त्र प्रहरि बल गण रुपन्देहीका प्रमुख आनन्द थापा राष्ट्रिय अनुसन्धान रुपन्देही प्रमुख हरिश बिष्ट सैनामैना नगरपालिका का उपप्रमुख बिना राना लगायत सैनामैना नगरपालिकामा कृयाशिल राष्ट्रिय राजनीति पार्टीका प्रमुख टोलबिकास संस्था आमा समुह लेडुवा गाउँ का स्थानिय लगायत बृहत उपस्थितिमा बिभिन्न प्रजातिका २०० बिरुवा लगाईएको छ।
वृक्षाराेपण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका सभापति उमाकान्त चापागाईंले सबै नेपाली जातजाति, वर्ग, क्षेत्रको समानुपातिक प्रतिनिधित्व गर्ने संविधान ल्याएको र यसलाई सवैले आत्मसाथ गर्दे अगाडी बढ्नुपर्ने बताउनुभयो उहाँले मूलुकमा लामो संघर्ष र धेरैको बालिदानबाट आएको संविधानमा कतिपय कुराहरुलाई सुधार संगै नागरिकता लगायतका बुँदा थप गर्दै सबै नेपाली जातजातिहरुको अपनत्व हुने गरि सबैको साँझा दस्तावेजको रुपमा विकसित गर्नुपर्नेमा जोड दिए ।
नागरिकताबाट बन्चित नागरिकहरुका लागि यो संविधान दिवसपछी अर्को संविधान दिवसमा नेपालमा जन्मेका नेपाली नागरिकले नागरिकता प्राप्त गृ नेपाली नागरिकको अनुभुती गर्ने जिकिर गरे । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सैनामैना ४ लेडुवामा रहेकाे सिमसार क्षेत्रकाे तिनैतहको सरकारको समन्वयमा पर्यटकीय क्षेत्रको रुपमा विकास अगाडि बढाउनुपर्ने आवश्यकता औल्याए ।
पर्यटकीय महत्त्व बोकेको प्राचीन प्राकृतिक सिमसार (पोखरी) लाई पर्यटकलाई आकर्षित गरि आयआर्जनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । सैनामैना नगरपालिका प्रमुख फणीन्द्र प्रसाद शर्माले जनताको पक्षमा ल्याइएको संविधानबाट जनाताले आफ्ना हक अधिकार सुरक्षित गर्न सकुन भन्ने जानकारी गराउने हेतुले गाउँमै जनस्तरबाट यो कार्यक्रम आयोजना गरिएको बताए ।
संविधान दिवसले जनताको अधिकारलाई सुरक्षित गर्नुका साथै पर्यावरण र सिमसार क्षेत्रलाई स्थानीय स्तरबाटै बचाउन कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । पछिल्लो समय पृथ्वीमा पानी संकलन गर्न नसक्दा मरुभूमिकरण हुन सक्ने खतरा बढेकाले प्राकृतिक र पर्यावरणका लागि पोखरीलाई संंरक्षण गर्न स्थानीय नै लाग्नुपर्ने प्रमुख शर्माको भनाइ छ ।
उनले सिंचित पोखरीको पानीलाई कृषि क्षेत्रमा प्रयोग गरेर सिचाइ गरेर उत्पादन बढाउन सहयोडग गर्दछ भने पर्यटकीय केन्द्रको रुपमा विकास गर्न पर्यटन डिभिजन कार्यालय, प्रदेश र संघ सरकारले विशेष चासोका साथ हेर्नुपर्ने जोड दिए ।
डिभिजन वन कार्यालय प्रमुख प्रवीण विडारी मान्छेको जिवन बाेटविरुवासंग जोडिएकोले रोपेको विरुवालाई संंरक्षण गरि पर्यावरण जोगाउनुपर्ने बताए ।
लगाईएको बिरुवालाई रेखदेख का लागि वडा कार्यालय,लेडुवा टोलबिकास स्थानिय नागरिक सब डिबिजन बन सामुदायिक बन लगायतले योजनाबद्द तरिकाले सिमसार क्षेत्र सहित संरक्षण प्रबर्द्धन गरिने बताईएकाे छ।
गत बर्ष नगरपालिका बाट १० लाख बजेट बिनियोजन गरि पोखरी आकर्षक बनाईएको हाे । यस बर्ष पनि उक्त स्थानलाई प्रबर्द्धन को लागि बजेट बिनियोजन भएको थियाे ।
