यस क्षेत्रमा टाटाको ‘पन्च इभी’ गाडिको विक्री शुभारम्भ

भैरहवा ।    बुटवल भैरहवाका गाडि प्रयोगकर्ताहरुलाई लक्षित गर्दै टाटा कम्पनीको नयां उत्पादन पन्च ईभीको विक्री शुभारम्भ गरिएको छ ।
सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को अधिकारिक डिलर सफल अटो इन्टरनेशनलबाट बुटवलमा र अम्बु मार्केटिङबाट भैरहवामा बहुप्रतिक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको हो ।
मंगलापुरमा आईतबार एक कार्यक्रमकाबीच सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ र सिप्रदीका कार्यकारी प्रमुख राजेश प्रसाद गिरीले संयुक्त रुपमा गाडिको सार्वजनिकीकरण गरेका थिए । सोही असवरमा गाडि बुर्किङ्ग गरेका ग्राहकलाई चावी हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट सिईओ राजेश गिरी र प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापति, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको सहभागीता रहेको थियो । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले पछिल्लो समय इभी गाडी ग्राहकको रोजाइ बनेको बताए । ईन्धन गाडिको प्रयोग विस्तारै विस्थापित गर्न सके आयात निर्यातमा देखिएको खाडल कम हुने उनले बताए ।

बुटवलको बहुप्रतिक्षित गाडी टाटा पन्च इभीको लन्च गर्न पाउँदा निकै उत्साहित भएको सफल अटो इन्टरनेशनलका निर्देशक दिनेश शर्माले बताए । पहिले नेक्सन इभी र गत वर्ष टियागो इभिले बुटवलमा एकदम राम्रो बजार लिएको र अब पन्च इभीले पनि उत्कृष्ट बजार लिनेमा विश्वस्त रहेको उनको भनाइ छ ।

त्यसै गरी अम्बु मार्केटिङका प्रोपाइटर पर्शुराम पराजुलीले अहिले भैरहवामा टियागो इभि अत््याधिक रुचाइएको गाडी रहेको र अब पन्च इभीलाई पनि ग्राहकहरुले त्यसरी नै रुचाउने कुरामा दुइमत नरहेको बताए ।
टाटा पन्च इभीको सुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुई सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷एप्पल कार प्लेको आनन्द सकिनेछ । पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यो गाडी बीएनक्यापमा ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो ।सुरेन्द्र अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!