संविधान दिवस रुपन्देहीमा विविध कार्यक्रम आयोजना गरी मनाईदै

भैरहवा ।  संविधान दिवस जिल्ला मुल समारोह समिति रुपन्देहीले संविधान दिवसको अवसरमा जिल्लामा विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।

समितिको आईतबार वसेको संविधान दिवस पुर्व तयारी बैठकले असोसको २, ३ र ४ गते कार्यालय तथा घरघरमा दीप प्रज्ववलन गर्ने, राष्ट्रिय झण्डा फहराउने, संविधान दिवसको महत्वका विषयमा विद्यालय स्तरीय वकृत्वकला प्रतियोगिता गर्ने, जिल्लाका फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने, संचार माध्यमबाट सचेतनामुलक सन्देश प्रकाशन, प्रशारण गर्ने, संवाद, परिसंवाद गर्ने लगायतका कार्यक्रमहरु आयोजना गरी मनाउने निर्णय गरेको छ ।

समारोहका संयोजक जिल्ला समन्व समितिकाका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बसेको पुर्व तयारी बैठकले असोजको २,३ र ४ गते जिल्लास्थित सरकारी निकायहरु, स्थानीय पालिकाहरु, संघसंस्थाका आआफ्नो कार्यलय र परिषरमा तोकिए बमोजिमका राष्ट्रिय झण्डा राख्ने तथा दिप प्रज्ववलन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

जिल्ला प्रकाशन कार्यालय रुपन्देहीको आयोजनामा राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रमुख, पालिकाका प्रमुख, संचारकर्मी लगायतको उपस्थितिमा बसेको बैठकले विगत वर्षहरुमा भन्दा फरक र प्रकाभकारी तरीकाले संविधान दिवस मनाउने निर्णय गर्दै जिल्लाका फरक क्षमता भएका विद्यार्थीहरुको पहिचान गरी उपयोगी शैक्षिक तथा खेलकुद सामग्री प्रदान गर्ने र सोको संयोजन शिक्षा विकास तथा समन्व ईकाईले गर्ने निर्णय गरिएको छ ।

गृह मन्त्रालयको परिपत्रका आधारमा बसेको पुर्व तयारी बैठकले रक्तदान तथा स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्ने जसका लागि स्वास्थ्य कार्यलय रुपन्देहीले नेपाल रेडक्रस सोसाईटीसंग समन्वय गरी कार्यक्रमको व्यवस्थापन गर्ने निर्णय भएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यलयले संविधान दिवस सम्बन्धी विचार विमर्श कार्यक्रमको आयोजना गर्ने, सबै पालिकाको समन्वयमा बुटवल उपमहानगरपालिकाले माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने, डिभिजन वन कार्यालय सैनामैनाको समन्वयमा वृक्षारोपण गर्ने लगायतका कार्यक्रमहरु गरी संविधान दिवस मनाउन लागिएको जिल्ला मुल समारोहका संयोजक उमाकान्त चपाईले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको संचालनमा सम्पन्न बैठकमा दिवसलाई प्रभावकारी बनाउन आआफ्नो पालिकाले भुमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!